• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    चुकन्दरले वास्तवमै शरीरमा रगत बढाउँछ ?

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८१, मंगलवार ०९:४१
  • १०२५

    काठमाडौं । दैनिक जिम जाने, व्यायाम गर्ने र उच्च रक्तचापको समस्या भएकालाई पोषणविद्हरु चुकन्दर खाने सल्लाह दिन्छन् । शरीरमा रगतको कमी हुँदा र रगतमा हेमोग्लोबिनको कमी छ भने पनि चुकन्दर खानु फाइदाजनक मानिन्छ । के साँच्चै चुकन्दरले शरीरमा रगत बढाउँछ त ?

    चुकन्दरको दैनिक सेवनले शरीरमा रगत बढाउँछ । किनभने चुकन्दरमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले शरीरमा पर्याप्त मात्रामा रातो रक्तकोषिकाहरु निर्माणमा गर्न मद्दत गर्छ । जुन मानव शरीरको लागि अत्यावश्यक प्रोटिन पदार्थको रुपमा लिइन्छ ।

    चुकन्दरले रगतमा हुने हेमोग्लोबिन नामक प्रोटिनलाई नियन्त्रणमा राख्ने वा त्यसको स्तर बढाउने काम गर्छ । यसले फोक्सोबाट अक्सिजन लिएर रगतको माध्यमबाट शरीरका विभिन्न अंगहरुमा अक्सिजन पुर्‍याउने काम गर्छ । शरीरमा रातो रक्तकोषिका निर्माणमा ह्रास हुन दिंदैन । शरीरमा रगतको कमी हुने समस्या वा रगतको कमीले हुने रक्तअल्पता अर्थात् एनिमिया जस्ता रोगबाट बचाउन पनि मद्दत गर्छ ।

    नाइट्रेट तत्व पाइने चुकन्दरमा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी भिटामिन सी, भिटामिन बी १२, फाइबर, पोटासियम र मिनरल्स पाइन्छ ।

    चुकन्दरका फाइदा के के छन् ?

    एन्टी क्यान्सर

    चुकन्दरमा नाइट्रेट तत्व पाइन्छ, जसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसले शरीरमा अनियन्त्रित रुपमा विकास भएका कोषलाई खोजेर नष्ट गर्ने काम गर्छ । क्यान्सर जस्तो प्राणघातक रोगबाट जोगाउन मद्दत गर्छ । यो अनुसन्धानबाट पनि पुष्टि भएको कुरा हो ।

    केही वर्षअघि इटालीमा गरिएको अनुसन्धानमा चुकन्दरमा पाइने बीटा सायनिन अर्थात् एन्टिअक्सिडेन्ट गुणले कोलोन क्यान्सरको कोषिकाहरुलाई नष्ट गर्ने पुष्टि भएको थियो ।

    बेलायतको युनिभर्सिटी अफ एक्सेटरको एप्लाइड फिजियोलोजीका प्राध्यापक एन्डी जोन्सले १० वर्षसम्म एथ्लेटिक्सहरूको प्रदर्शनको अनुसन्धान गरेका थिए । उनका अनुसार जब हामीले चुकन्दर खान्छौं, हाम्रो मुखमा भएका ब्याक्टेरियाले नाइट्रेटलाई नाइट्रिक अक्साइडमा परिणत गर्न थाल्छ । नाइट्रिक अक्साइड एक भासोडिलेटर हो । यसले रक्तनलीहरू फराकिलो बनाएर रगत सजिलैसँग शरीरमा प्रवाह गर्न सहयोग गर्छ ।

    शरीरका अंगहरुमा पर्याप्त मात्रामा अक्सिजन पुर्‍याउने काम यसले गर्छ । साथै चुकन्दरले यौन उत्तेजनाको लागि पनि नाइट्रिक अक्साइडको परिपूर्ति गर्ने बताइन्छ । यद्यपछि यसबारे अनुसन्धानबाट पुष्टि चाहिं भएको छैन ।

    यसको अर्को गुण रक्तचाप नियन्त्रण गर्नु पनि हो । एक अनुसन्धानले रक्तचाप भएको व्यक्तिले केही हप्तासम्म दैनिक चुकन्दरको सेवन गरेमा रक्तचाप औसतमा पाँच मिलिमिटरले कम हुनसक्ने देखाएको छ ।

    एक अनुसन्धानअनुसार केही हप्ता दैनिक दुईवटा चुकन्दर खाएमा उच्च रक्तचापमा औसत पाँच मिलिमिटरसम्म कम हुनसक्छ । चुकन्दर खानाले उच्च रक्तचापमा सुधार आउने देखिएको जोन्ह भन्छन्, ‘औसतमा सिस्टोलिक उच्च रक्तचाप (माथिल्लो उच्च रक्तचाप नम्बर)मा तीनदेखि नौ मिलिमिटरसम्म कम हुनसक्छ ।’

    यसरी नै उच्च रक्तचाप नियन्त्रणमा राख्न सकेमा स्ट्रोक (मस्तिष्कघात), हृदयघातको जोखिम १० प्रतिशतले कम हुने जोन्ह बताउँछन् । चुकन्दरको प्रयोगले रक्तचाप नियन्त्रण हुँदै गएमा स्ट्रोक र हृदयघात जस्ता रोगमा कमी आउने उनी बताउँछन् ।

    चुकन्दर खाएको केही घण्टामा नै उच्च रक्तचापमा असर देख्न सकिने विज्ञहरुको भनाइ छ । दैनिक चुकन्दरको जुस वा सलाद बनाएर खानाले मुटु स्वस्थ हुने अनुसन्धानहरुमा देखिएको छ । यसले रक्तप्रवाहलाई सन्तुलनमा राख्नाले मुटु चलायमान राख्नुका साथै स्ट्रोक र हृदयघातको जोखिम कम गर्छ ।

    स्वस्थ मस्तिष्कको लागि चुकन्दर

    चुकन्दरको दैनिक सेवनले मस्तिष्क पनि चलायमान र स्वस्थ रहन्छ । किनभने चुकन्दर हाम्रो मस्तिष्कमा रक्तप्रवाह बढाउन मद्दत गर्छ । मस्तिष्कको क्षमता समेत बढाउँछ । यसले रगतमा हेमोग्लोबिनको स्तर बढाएर शरीरमा सबै अंगमा अक्सिजन पुर्‍याउँछ । साथै यसले शरीरको चाललाई नियन्त्रण गर्ने मस्तिष्कको भागमा कनेक्टिभिटी बढ्छ ।

    अनुसन्धानअनुसार दैनिक शारीरिक व्यायामका साथै चुकन्दरको जुस दिनदिनै पिउनाले प्रिफ्रन्टल कोर्टेक्स (सबैभन्दा विकसित मस्तिष्क क्षेत्र)मा रक्तसञ्चार बढ्छ, जसले मस्तिष्कको क्षमता समेत सहयोग गर्छ । अर्को शब्दमा भन्नुपर्दा चुकन्दरको रसको सेवनले मस्तिष्कलाई तन्दुरुस्त वा वयस्क बनाइराख्न मद्दत गर्छ ।

    शारीरिक क्षमता बढाउन

    चुकन्दरले पेट, मस्तिष्क स्वस्थ राख्नुका साथै रक्तचाप नियन्त्रण गर्छ । यसको दैनिक सेवनले मांसपेशीहरूलाई सहज अक्सिजन प्रदान गर्न सहयोग गरेर शरीरलाई ऊर्जाशील बनाउँछ ।

    अनुसन्धानकर्ता जोन्हका अनुसार चुकन्दरमा पाइने नाइट्रिक अक्साइडले मांसपेशीमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह गरेर शरीरलाई बलियो बनाउन सहयोग गर्छ । सन् २००९ मा गरिएको अनुसन्धानमा चुकन्दरको रस पिएर व्यायाम गर्ने मानिसमा शारीरिक सहनशक्ति १६ प्रतिशत बढाएको पाइएको छ । अनुसन्धानकर्ताका अनुसार नाइट्रिक अक्साइड व्यायामको बेलामा अक्सिजन खपत कम गरेर शरीरमा थकावट कम हुने गर्छ ।

    चुकन्दरको जुस र सलादको सेवन गर्नाले कलेजो र पेटको सफाइ मद्दत गर्छ । यसमा हुने एन्टिअक्सिडेन्टले कलेजोमा हुने विकारलाई बाहिर निकाल्ने काम गर्छ र कलेजोलाई नियमित रूपमा काम गर्न सक्छ । यसमा भएको फाइबरले पाचनप्रक्रिया बलियो बनाउने काम गर्छ ।

    मुखभित्रको ब्याक्टेरिया सन्तुलनमा राख्छ

    धेरै अध्ययन-अनुसन्धानमा चुकन्दरको सेवनले मुखभित्र रहेका ब्याक्टेरियाहरुलाई नियन्त्रणमा राख्न सहयोग गर्ने देखाएको छ । जसले विभिन्न रोग लाग्नबाट बचाउँछ । चुकन्दरको रस दिनमा दुईपटक १० दिनसम्म सेवन गरेमा मुखभित्रको ब्याक्टेरियालाई नियन्त्रणमा राख्छ ।

    शरीरमा प्रभाव

    सन् २०१२ मा खेलाडीहरुमा गरिएको एक अनुसन्धानमा चुकन्दर नखाने खेलाडीको तुलनामा चुकन्दर खाने खेलाडी पाँच प्रतिशत छिटो दौडिएका थिए । त्यसैले खेलाडीहरुलाई खेल सुरु हुनुभन्दा दुई घण्टाअघि चुकन्दर खान दिइन्छ ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑