• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बागमती संसदीय समितिको सभापतिमा जुटेन सहमति

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०८१, बिहीबार १५:००
  • ९४५

    वीरगंज । बागमती प्रदेश सभाको संसदीय समितिका सभापति चयन प्रक्रिया अघि बढाइएको छ । प्रदेश सभा अन्तर्गतका ५ वटा समितिमा सभापति चयनका लागि दलहरू बिच सहमति हुन नसकेपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको हो ।

    संसदीय समितिको सभापति चयनका लागि निर्वाचन कार्यक्रम तय गर्न प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभा सचिवालयलाई निर्देशन दिएका छन् । उनको निर्देशन अनुसार सचिवालयले बिहीबार संसदीय समितिको निर्वाचनको कार्यक्रम तय गरी सभामुख पाठकबाट स्वीकृति लिएर सूचना प्रकाशन गरेको छ ।

    सचिवालयले जेठ ४ गते मनोनयन दर्ता र जेठ ५ मा संसदीय समितिको सभापति चयनका लागि निर्वाचन गर्ने मिति तय गरेको छ ।

    बुधबार दिनभर संसदीय समितिको सभापति चयनका लागि दलहरूले सहमतिका लागि गरेको प्रयास विफल भएको थियो । प्रदेश सभाका मुख्य दलहरूबिच संसदीय समितिका सभापति पदमा भागबण्डाको विषयमा हानथाप छ ।

    सहमति जुटाउन भन्दै प्रदेश सभाका प्रमुख ५ दलका सचेतकहरू सदस्य रहेको कार्यदल निर्माण गरी छलफल भएको थियो । तर, उक्त कार्यदलमा समितिको सभापतिमा दलहरूले आ–आफ्नो मागदाबी कायम राखेपछि सहमतिको प्रयास असफल बनेको थियो ।

    मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाका प्रमुख ५ दललाई एक/एक वटा सभापति दिने प्रस्ताव अघि बढाएका थिए । उक्त प्रस्तावलाई निष्कर्षमा पुर्याउन कार्यदलले छलफल गरेको थियो । सहमति जुट्न नसकेपछि प्रदेश सभा सचिवालयले बुधबार बसेको प्रदेश सभाको बैठकमा संसदीय समितिको सदस्यहरू हेरफेर तथा नाम अनुमोदन गरेको थियो ।

    नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकालले दलहरूबिच सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाटै समितिको सभापति चयन गर्ने तयारी अघि बढाएको बताए । विशेषगरी समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहमति गर्न तयार नभएको उनको भनाइ छ ।

    मुख्यमन्त्री जम्कट्टेलले गरेको प्रस्ताव अनुसार भागबण्डाका लागि नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राप्रपा सहमत भए पनि कांग्रेसले २ समितिको सभापति माग गरेकाले सहमति जुट्न नसकेको ढकालले बताए ।

    प्रमुख प्रतिपक्ष दल कांग्रेस संसद्को अङ्कगणितको विश्लेषणसहित निर्वाचनमा जाने रणनीतिमा छ । आफ्ना ३७ सांसदको बलमा समितिको सभापति हत्याउने योजना कांग्रेसले बनाएको छ ।

    २ वटा समितिको सभापति आफ्नो ‘बटमलाइन’ बनाएर सहमतिका लागि छलफलमा बसेको संसदीय दलका मुख्य सचेतक गोविन्द लम्सालले बताए । प्रदेश सभाकै ठुलो दल भएको हैसियतले कांग्रेसले २ वटा समितिको सभापति माग गरेको र निर्वाचन भएको खण्डमा ३ वटा समितिको सभापति लिन सक्ने अवस्था रहेको उनले बताए ।

    सङ्कट टार्न मन्त्रालय विभाजन

    सामान्य बहुमतका साथ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री जम्कट्टेलले संसदीय समितिको सभापति चयनमा समस्या हुने देखेपछि मन्त्रालय विभाजन गरेका छन् । समितिको सभापति चयनमा कांग्रेसले फरक ढङ्गको समीकरण निर्माण गर्ने तयारी गरेपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको १२ मन्त्रालयलाई १३ बनाएका छन् ।

    विनाविभागीय मन्त्रीको व्यवस्थापन गर्न कठिन परिरहेको अवस्थामा एकीकृत समाजवादीबाट मन्त्री बनेकी रमा आले मगरलाई बुधबार बसेको मन्त्रिपरिषद्ले मन्त्रालय विभाजन गरी जिम्मेवारी तोकेको छ । मन्त्री आले मगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकेको हो ।

    मन्त्री आले मगरको जिम्मेवारी नतोकेको खण्डमा एकीकृत समाजवादी संसदीय समितिको सभापतिको निर्वाचनमा गठबन्धनभन्दा बाहिर जान सक्ने अवस्था देखेपछि जिम्मेवारी तोकिएको एक सांसदले बताए । उनका अनुसार संसदीय समितिको सभापति निर्वाचनमा फरक ढङ्गको राजनीतिक परिस्थिति विकास भइरहेकाले त्यसलाई रोक्न मुख्यमन्त्रीले मन्त्रालय विभाजन गरेर गठबन्धनमा सन्तुलन कायम गर्ने खोजेका हुन् ।

    त्यसो त विभागीय मन्त्रीलाई राजीनामा गराएर संसदीय समितिको सभापति निर्वाचनमा सहभागी गराउने रणनीति समेत गठबन्धनबाट भएको थियो । यद्यपि राजनीतिक रूपमा दीर्घकालीन असर देखिने मूल्याङ्कनपछि सो रणनीतिबाट गठबन्धन दल फिर्ता भएको थियो ।

    फरक समीकरण सहितको रणनीतिमा कांग्रेस

    यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय समितिमा फरक ढङ्गको समीकरण बनाउने पहल गरेको छ । सरकारको सामान्य बहुमतलाई पराजित गर्नेगरी फरक समीकरणसहित हाबी हुने कांग्रेसको दाउ छ ।

    कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूलाई साथमा लिएर समितिको सभापति निर्वाचनमा होमिने तयारी गरेको हो । कांग्रेसले सत्तारुढ दललाई समेत सो समीकरणमा सहभागी गराउन कसरत गरिरहेको बुझिएको छ । कांग्रेसले आफ्ना ३७ सदस्यको बलमा साना दललाई समेत ३ वटा समितिको सभापति दिने गरी रणनीति बनाएको छ ।

    कांग्रेसले २ र अन्य दललाई ३ वटा समितिको नेतृत्व बाँड्ने कांग्रेसको योजना छ । कांग्रेसले प्रत्येक समितिमा आफ्ना ७ जना सदस्य रहने र निर्वाचन जित्नका लागि ९ जना आवश्यक रहेकाले फरक ढङ्गको समीकरण निर्माणमा ३ समितिको सभापति साना दललाई दिने तयारी गरेको हो ।

    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले गठबन्धन नेतृत्वको सरकार संसदीय समितिको निर्वाचनमा विफल हुने दाबी गरे । उनले गठबन्धन दलले बनाएको रणनीति फेल गरेर अधिकांश समितिको सभापति प्रतिपक्ष दलले जित्ने बताए ।

    ‘संसदीय समितिको सभापति पदमा निर्वाचनपछि सरकार थप सङ्कटमा पर्नेछ । यो सरकार निल्नु न ओकल्नुको अवस्था आउँदैछ,’ उनले भने, ‘सत्ता पक्षले जुनसुकै रणनीति बनाए पनि निर्वाचनमा कुनै अर्थ रहँदैन ।’

    बागमती प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑