• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अब मधेसमा पनि अस्थिरता

  • वीरगंज संजाल
  • २ जेष्ठ २०८१, बुधबार १६:१०
  • १५८१

    वीरगंज । मुलुक प्रदेश संरचनामा गएपछि २०७४ सालमा भएको पहिलो प्रादेशिक निर्वाचनपछि तत्कालीन प्रदेश २ (वर्तमान मधेस प्रदेश) मा तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपाल (वर्तमान जनता समाजवादी पार्टी, नेपाल) को नेतृत्वमा सरकार बन्यो र मुख्यमन्त्री बने लालबाबु राउत ।

    त्यसपछि राउत अर्को आवधिक निर्वाचन अर्थात् २०७९ मंसिरमा भएको दोस्रो प्रादेशिक निर्वाचनसम्म मुख्यमन्त्री नै रहिरहे । त्यहाँ अर्को सरकार बनेन, पाँचै वर्ष राउत नै मुख्मन्त्री बने । अर्थात् त्यहाँ पहिलो कार्यकालमा राजनीतिक अस्थिरता देखिएन, स्थायित्व कामय रह्यो ।

    प्रादेशिक संरचनाको पहिलो कार्यकालमा मधेसलाई परिवर्तित केन्द्रीय सत्ता समीकरणले छुँदा पनि छोएन । अरु प्रदेशहरूमा केन्द्रीय सत्ता समीकरणअनुसार सरकारहरू बने, ढले । तर, मधेस त्यसबाटै टाढै देखियो ।

    तर, पहिलो कार्यकालमा देखिएको त्यो स्थायित्व दोस्रो कार्यकालको १६ महिना पुग्दानपुग्दै भत्किने निश्चितप्राय: देखिन्छ । अझ भनौँ, अब मधेसलाई हरेकपटक परिवर्तित केन्द्र सत्ता समीकरणले छोइरहनेछ, अब त्यो बाटो बन्यो ।

    मधेसमा २०७९ पुस २७ गते ६३ सांसदको समर्थनसहित जसपा नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए । उनलाई तत्कालीन अवस्थामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय उन्मुक्ति पार्टी (नाउपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, नेपाल सङ्घीय पार्टीसहित २ स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

    अहिलेसम्म पनि उनै यादव नै मुख्यमन्त्री छन् तर, अब भने उनको निश्चितता छैन । उनको अनिश्चितता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको पछिल्लो सत्ता समीकरण परिवर्तनसँगै सुरु भएको हो ।

    अरु प्रदेशहरूमा प्रधानमन्त्री प्रचण्डले बनाएको पछिल्लो समीकरण अनुसारका सरकारहरू बनिसकेका छन् । अब भने मधेस पनि यहाँबाट अछुतो रहन अवस्था देखिँदैन । अब मुख्यमन्त्री यादवलाई सजिलो रहेन । अझ त्यसमाथि उनको दल जसपा नेपाल पनि सग्लो छैन । जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष रहेका अशोक राईले पार्टीकै ७ सङ्घीय सांसद लिएर जनता समाजवादी पार्टी गठन गरिसकेका छन् । जसलाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्रसमेत थमाइसकेको छ । त्यसविरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत त गएका छन् तर, त्यो आफ्नो कदमसँग स्वयम् उपेन्द्र नै विश्वस्त छैनन् । जे होस्, बाँकी कुरा अदालतले नै बताउला ।

    सरोज यादवलाई मुख्यमन्त्रीबाट हटाउन एमाले र माओवादी केन्द्रको कसरत

    फेरि मधेसकै कुरा; त्यहाँ एमाले (२५ सिट) र माओवादी केन्द्र (९ सिट) ले मुख्यमन्त्री यादवलाई दिएको समर्थन गत आइतबार नै फिर्ता लिइसकेका छन् । त्यससँगै अल्पतमा परेका मुख्यमन्त्री यादव बहुमत जुटाउन दौडधुप गरिरहेका छन् ।

    मधेस प्रदेशसभा १०७ सदस्यीय हो । त्यसमा सरकार बन्न वा कायम रहनका लागि कम्तिमा ५४ सांसदको समर्थन चाहिन्छ तर, अहिले मुख्यमन्त्री यादवसँग पुगनपुग २७ सांसदको मात्रै समर्थन प्राप्त छ ।

    तर, मुख्यमन्त्री यादव संवैधानिक प्रावधानअनुरूप १ महिनाभित्र विश्वासको मत लिने बेलासम्म बहुमत जुटाउन चाहन्छन् । तर, उनलाई सहज छैन । यसमा आफ्नो दल नै पनि सग्लो नरहनु उनका लागि थप चुनौती हो ।

    अर्कोतिर यादव नेतृत्वको सरकार अल्पमतमा परेसँगै केन्द्रीय सत्ता समीकरणमा सँगै रहेका एमाले-माओवादी केन्द्रले अर्को सरकार गठनको तयारी थालेका छन् । त्यहाँ प्रदेश सभामा १३ सिट भएको जनमत र ९ सिट भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेटेर अर्को सरकार बनाउने कसरतमा एमाले-माओवादी केन्द्र छन् ।

    यो गठबन्धन सहज रूपमा नै बन्ने सम्भावना देखिन्छ । किनकि जसपा नेपालसँग दुई मधेसी दलहरू जनमत र लोसपा पनि खुसी छैनन् । जसै उनीहरू निर्णायक पनि छन् ।

    मुख्यमन्त्री यादवलाई प्रदेश सभामा २२ सिट भएको नेपाली कांग्रेस र ७ सिट भएको नेकपा (एकीकृत समाजवादी) ले साथ दिन सक्छ । तर, त्यो अपर्याप्त हुन्छ । यसकारण अब केन्द्रीय सत्ता समीकरणअनुसार एमाले-माओवादी केन्द्रले नयाँ प्रादेशिक गठबन्धन बनाउन सक्छन्, जसले नयाँ सरकार गठन गर्नेछ ।

    लोसपा र जनमत मुख्यमन्त्री यादवलाई साथ दिने पक्षमा छैनन् । बरु उनीहरू दलीय हैसियतअनुसार मन्त्रालय लिएर एमाले-माओवादी केन्द्रकै समीकरणमा रहन चाहन्छन् । यसकारण मुख्यमन्त्री यादवलाई पद जोगाइराख्न त्यति सहज छैन ।

    जे होस्, मधेस पनि अब अस्थिरतातर्फ अग्रसर भयो । प्रादेशिक संरचनाको पहिलो कार्यकालमा राजनीतिक स्थिरता कायम गरेको मधेसलाई अब सम्भवत: हरेक परिवर्तित केन्द्रीय समीकरणले छुनेछ र अरु ६ प्रदेशहरूमा जस्तै दर्जनौं सरकार ढल्नेछन् र बन्नेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑