वीरगन्ज । पर्सामा प्रहरीले गत बैशाख महिनामा राजश्व छली र तस्करीका गरी ६ करोड भन्दा बढी मूल्यको सामान बरामद गरेको छ ।
गत बैशाख महिनाको प्रगती सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनामा जिल्लाका विभिन्न स्थानबाट गरी तस्करीका लत्ताकपडा,औषधि, हार्डबेयर, इलेक्ट्रोनिक्स,किराना र खुद्रा सामान गरी ६ करोड १३ लाख ६८ हजार ४४ रुपैयाँ मूल्यका सामान बरामद गरिएको जनाएको हो ।
यस्तै गत बैशाख महिनामा विभिन्न मुद्दाका फरार प्रतिवादी ११ जनालाई पक्राउ पनि गरिएको पर्साका प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले जनाएका छन् । उनका अनुसार, गत बैशाख महिनामा हुण्डीको आशंकामा ३५ लाख २० हजार ७ सय रुपैयासहित तीन जनालाई , स्वचालित पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको छ । यसैगरि चोरी भएका ४२ थान मोबाइल फेला पारेर सम्बन्धित व्याक्तिलाई बुझाइएकोपनि थापाले जानकारी दिएका छन् ।
यस्तै गत बैशाख महिनामा लागू औषध गाजाँ १५ केजी, खैरो हेरोईन ५७.४५ ग्राम, कोरेक्स ६७ बोत्तल,नाइट्राभेट ट्याब्लेट ७ सय ९९ पिस, फेनारगन ३० एम्पुल, डाइजेल्याब ३३ एम्पुल र नुरफिन ३३ एम्पुलपनि बरामद गरिएको थापाले जनाएका छन् ।