वीरगंज | भारत सरकारले गणतन्त्र दिवसको अवसरमा रौतहटको एक गैरसरकारी संस्थालाई सहयोग स्वरुप दिएको एम्बुलेन्स तीन वर्षदेखि जनकपुरमा राखेर प्रयोग भएको छ। एम्बुलेन्सको दुरुपयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालय जनकपुरमा निवेदन गरेको छ, तर कुनै कारवाही नभएको गुनासो छ।
भारत सरकारले गणतन्त्र दिवसको अवसरमा रौतहट जिल्लाको तत्कालीन जोकाहा गाविस वडा नम्बर ६ स्थित शान्ति युवा परिवार संस्थालाई २०७७ मा ना ५ च १४५३ नम्बरको टाटासुमो मोडेलको एम्बुलेन्स उपहार दिएको थियो, तर संस्थाका अध्यक्ष विश्वनाथप्रसाद गुप्ताले जनकपुरमा लगेर राखेको गुनासो छ।
अध्यक्ष गुप्ता जनकपुरस्थित सीप विकास तालिम केन्द्रका कर्मचारी हुन्। रौतहटमा संचालन गर्नुपर्ने एम्बुलेन्स जनकपुरमा लगेर प्रयोग गरेको भन्दै गाउँले विरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय रौटहटमा २०६४ असोज १६ गते शान्ति युवा परिवारका नाममा संस्था दर्ता छ। एम्बुलेन्स संचालन निर्देशिकामा जुन स्थानको लागि एम्बुलेन्स खरिद वा सहयोग प्राप्त भएको हो, त्यही ठाउँमा चलाउनु पर्ने नियम छन्, तर अध्यक्ष गुप्ताले व्यक्तिगत लाभको लागि जनकपुरमा ल्याएर संचालन गरेको एम्बुलेन्स चालक महासंघका केन्द्रीय अध्यक्ष महाशंकर ठाकुरले बताएका छन्।
नियम विपरित बाहिरका एम्बुलेन्स संचालन गरी मनपरी रकम असुलेको गुनासो सहित महासंघले प्रशासन कार्यालयमा निवेदन दर्ता गरेको छ।