वीरगंज | नेपाल राष्ट्रिय क्रिकेट टोलीको T२० विश्वकप यात्राको अवसर परेर WorldLink ले मधेश प्रदेशको बिरगंजमा विश्वकप क्रिकेटको माहोल र खेलाडीहरु को मनोबल बढाउन को लागि क्रिकेट प्रेमिहरु माझ ल्याएको “Beat The Speed ” Campaign सफलतापूर्वक सम्पन्न गरेको छ।
बिरगंजमा ८० जना भन्दा बढी सहभागी मध्य आफ्नो बलिङ्गको गति मा सबै प्रतिस्पर्धीलाई पछि पार्दै सुमित पटेलले १०८ किमि प्रति घण्टा को बलिङ्ग गरेर राष्ट्रिय क्रिकेट टोली र खेलाडीहरुले हस्ताक्षर गरेको जर्सी जित्ने मौका पाउनु भयो। साथै सहभागीहरुले आफ्नो मन पर्ने खेलाडीहरु को लागि मेसेज बोर्डमा मेसेज पनि लेखे जुन राष्ट्रिय खेलाडीहरुले पढ्ने छन्।
कम्पनीले आयोजना गरेको यस कार्यक्रममा सहभागीहरुले आफ्नो सहभागिता र बलिङ्ग प्रतिभा प्रदर्शित गर्ने प्रशस्त मौका पाएको हुनाले आउदो दिनमा पनि यस्तै खालको कार्यक्रम प्रदेश भरि गर्ने कम्पनीले जनाएको छ।