वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पर्सा र बारा जिल्ला आउने कार्यक्रम स्थगित भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएको कारण पर्सा र बारामा आयोजना गर्न लागिएको कार्यक्रमहरू रद्द गरिएका हुन् ।
नौ औ जिल्ला अधिवेशनबाट निर्वाचित नेकपा एमाले पदाधिकारीको शपथग्रहण कार्यक्रम र बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न उनी आज पर्सा र बारा आउन लागेका थिए । यद्यपि उनको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम रद्द गरिएको एमाले पर्साका सचिव महेश दासले जानकारी दिए ।
ओली नआउने भएपछि शपथ ग्रहण र प्रशासकीय भवनको उद्घाटन कार्यक्रम पनि स्थगित भएको एमाले पर्साका नव निर्वाचित अध्यक्ष डा. विश्वम्भर शर्माले बताए ।
कार्यक्रमहरू अब जेठ ४ गते शुक्रवार गरिने डा. शर्माले जानकारी दिए ।