• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट

  • वीरगंज संजाल
  • ३० बैशाख २०८१, आईतवार १६:०८
  • १२८१

    वीरगंज । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो । पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको व्यापारिक केन्द्रका रुपमा रहेको दरबाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो ।

    छ्यारछ्यारेमा पुल निर्माण भएपछि निस्कोटको दरबाङसँग सिधा यातायात सम्पर्क स्थापित भएको मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए । “१५ वर्षअघि सडकले जोडिए पनि निस्कोटमा बर्खामा यातायात सञ्चालन बन्द हुँदै आएको थियो”, उनले भने, “छ्यारछ्यारेमा पुल बनेपछि सिङ्गो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ ।”

    पूर्वाधार विकास कार्यालय म्याग्दीले प्रदीप जुम्ली जेभीसँग विसं २०७७ साउन ४ गते रु चार करोड ४५ लाख ८१ हजारमा ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रष्ट’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इञ्जिनियर विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार स्टिल ट्रस्टमाथि ढलान गरी दुवैतर्फ फुटपाथ बनाइएको छ ।

    हिउँदयाममा म्याग्दी खोलाबाटै जोखिमपूर्ण यात्रा गर्नुपर्ने र बर्खायाममा पूर्णरुपमा सवारी आवागमन बन्द हुने गरेको अवस्थामा पक्की पुल निर्माण भएपछि राहत भएको मङ्गला–५ छिस्वाङका तिलक गौतमले बताए ।

    उनका अनुसार यो पुल निर्माण भएसँगै निस्कोटका साथै मङ्गला गाउँपालिकाको छिसवाङ, टिकवाङ र मालिका गाउँपालिकाको रुम र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधरणसमेत लाभान्वित भएका छन् । निस्कोटबाट मङ्गलाको टिकवाङ–रुम–बागलुङ्को ताराखोला–खोप्टी–छिसवाङसम्म सडक सञ्जालले विस्तार भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑