वीरगंज । इरानले कब्जामा लिएको एमएससी एरीज जहाजमा रहेका पाँच भारतीय नागरिकलाई रिहा गरेको छ । भारतीय नागरिकलाई शुक्रबार साँझ इरानबाट भारत पठाइनेछ । इरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा यो जानकारी दिएको हो ।
इरानको नौसेनाले १३ अप्रिलमा भारत आउँदै गरेको मालबाहक जहाज एमएससी एरीज कब्जा गरेको थियो । जहाजमा २५ जना चालक दलका सदस्य थिए । यसमा १७ भारतीय नागरिक रहेका थिए ।
इजरायलसँग जारी तनावबिच इरानले यो कदम चालेको हो । यो जहाजका मालिक इजरायली व्यापारी हुन् । जहाजको चालक दलमा एक मात्र महिला क्याडेट एन टेसा जोसेफ पनि थिइन् । उनलाई भने जहाज नियन्त्रणमा लिएको केही दिनपछि नै रिहा गरिएको थियो ।