• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुरक्षा निकायबाट जागिर छोड्नेको लर्को

  • वीरगंज संजाल
  • २७ बैशाख २०८१, बिहीबार १९:२७
  • ११६५

    वीरगंज । नेपाल प्रहरीका डीआईजी रमेश खरेल प्रहरी महानिरीक्षक पदका दाबेदार थिए । मन्त्रिपरिषद्ले उनका ब्याचमेट सर्वेन्द्र खनाललाई महानिरीक्षक नियुक्त गरेपछि खरेलले प्रहरीबाट २०७४ साल चैत २८ मा राजीनामा दिए । त्यसपछि उनले भनेका थिए–‘म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, गर्न सकिँदैन ।’ यो भनाइबाट मन्त्रिपरिषद्को निर्णयमा उनको असन्तुष्टि सार्वजनिक भयो ।

    २०६७ साउनपछि दुईजना डीआईजी र ६ जना एसएसपीहरूले राजीनामा दिएका छन् । संगठनप्रतिको असन्तुष्टि र घरायसी कारण प्रहरीमा २० वर्ष सेवा गरेकाहरूले राजीनामाको बाटो रोज्ने गरेका छन् ।

    २० वर्ष नपुगी राजीनामा गरेमा पेन्सन नपाउने प्रावधान छ । तसर्थ त्यो प्रावधान छलेर २० वर्ष सेवा गरिसकेपछि सेवा अवधि बाँकी हुँदा पनि छाडेर अन्य पेशा अँगाल्ने प्रहरीहरू धेरै छन् । राजीनामा दिनेहरूमा तल्लो तहका प्रहरी/कर्मचारी नै बढी छन् ।

    ५ वर्षको अवधिमा ४ जना एसपी, १६ जना डीएसपी र ४२ जना इन्स्पेक्टरले जागिर छाडेका छन् । २ सय २० जना कार्यालय सहयोगीले जागिर छाडेको प्रहरीले जनाएको छ ।

    आर्थिक वर्ष २०७६–०७७ देखि आर्थिक वर्ष २०८०–०८१ चैतसम्ममा ४ हजार ५७० जना प्रहरीले राजीनामा गरेका छन् । राजीनामा दिनेमा सबैभन्दा धेरै प्रहरी हवल्दार छन् । पाँच वर्षको अवधिमा १ हजार ९६९ जना हवल्दार र ९ सय १५ जना असई र ३ सय २ जना सईले जागिर छाडेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ ।

    विदेशमा रोजगारीको अवसरका कारण पनि तल्लो तहका धेरै प्रहरीले जागिर छाड्ने गरेको पूर्व एआईजी पुष्कर कार्कीले वीरगंज संजाललाई बताए । उनले भने–‘अर्को करिअर सुरु गर्न प्रहरी कर्मचारीले बिचमै जागिर छाड्ने गरेका छन् ।’

    ५ वर्षको अवधिमा ४ जना एसपी, १६ जना डीएसपी र ४२ जना इन्स्पेक्टरले जागिर छाडेका छन् । २ सय २० जना कार्यालय सहयोगीले जागिर छाडेको प्रहरीले जनाएको छ ।

                                                                                 तथ्यांक स्रोत : प्रहरी प्रधान कार्यालय

    लगातार राजीनामा दिने क्रम नरोकिएपछि प्रहरीले त्यसबारे आन्तरिक सर्वेक्षण गरेको थियो । शैलेश थापा आईजीपी हुँदा गरिएको सर्वेक्षण अनुसार ३ वटा कारणले प्रहरीले जागिर छाड्ने गरेको निष्कर्ष छ ।

    जुन निम्न छन् ।

    १. आर्थिक दायित्व अनुसार तलब नबढ्नु

    २. विदेशमा सुरक्षा गार्डमा काम गर्ने अवसर

    ३. परिवारबाट टाढा बस्दा घरको जिम्मेवारी बहन गर्न नसक्नु

    जागिर छाडेका प्रहरी जवान र हवल्दारहरुले दुबईको प्रहरीमा भर्ना हुने अवसर पाउँछन् । त्यसलाई रोक्न तत्कालीन आईजीपी थापाले ‘घरपायक सरुवा’ को नीति ल्याए । तर, पनि जागिर छोड्ने क्रम रोकिएन ।

    तत्कालीन एआईजी प्रधुम्न कार्की भन्छन्–‘पोस्टिङ गर्दा छिमेकी जिल्लामा गर्ने तथा पती–पत्नीलाई एकैठाउँमा काम गर्ने अवसर दिने अभ्यास सुरु गरेका थियौँ ।’ प्रहरी कर्मचारीले रासन बापत अहिले ५ हजार पाउँछन् । महिना दिन खाना खान सो रकम अपुग भएको प्रहरी अधिकृतहरू बताउँछन् । कार्की भन्छन् –‘रासन रकम बढाउने र ड्युटी आवर घटाउने तर्फ ध्यान नदिँदा सेवा अवधिभर काम गर्ने वातावरण बनेको छैन ।’

    प्रहरी कर्मचारीहरू अहिले १८ घण्टासम्म काममा खटिन्छन् । तर, ड्युटी अवधि ८ घण्टामा ल्याउनुपर्ने आवाज उठ्ने गरेको छ । तल्लो तहका कर्मचारीले युएन मिसनमा अवसर पाउँदैनन् । मिसनमा साँघुरो हुँदा पनि राजीनामा दिनेहरूको ग्राफ बढ्दै छ ।

    जागिर छाड्ने क्रम रोक्न प्रहरी प्रधान कार्यालयले सरुवामा सहजीकरण गर्ने नीति अख्तियार गरेको छ । समस्या देखाएर निवेदन दिएमा सरुवामा सहजीकरण गर्ने गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले वीरगंज संजाललाई बताए । ति अधिकृत भन्छन्–‘तल्लो तहका कर्मचारीको गुनासो सम्बोधन गर्न हामी संवेदनशील छौँ ।’

    प्रहरीमा ७९ हजार दरबन्दी भए पनि हाल ७५ हजार भन्दा धेरै प्रहरी कर्मचारी कार्यरत रहेको प्रहरी प्रवक्ता डीआईजी भीम प्रसाद ढकालले बताए । उनी भन्छन्–‘दरबन्दी भन्दा करिब ३ हजार कर्मचारी थोरै छन्, भर्ना प्रक्रिया पुरा गरेर दरबन्दी पूर्ति हुँदै छ ।’pradhumna-karki

    • वार्षिक ६५ सय सैनिक वर्दीबाहिर

    नेपाल प्रहरी मात्र होइन, नेपाली सेनाबाट पनि बिदा लिनेको सङ्ख्या उच्च छ । जङ्गी अड्डाले प्रत्येक वर्ष ६ हजारदेखि ६५ सय सैनिकले जागिर छाड्ने गरेको जनाएको छ । राजीनामा दिएका र बिना जानकारी सम्पर्कमा नआएर सैनिकको सङ्ख्या १ वर्षमा ६ हजार ५ सय रहेको सैनिक प्रवक्ता (सहायक रथी) गौरव केसीले वीरगंज संजाललाई बताए ।

    सैनिक जवान १६ वर्ष जागिर खाएपछि पेन्सन पाउन योग्य मानिन्छन् । अन्यत्र अवसर देखेपछि १६ वर्ष पुगेकाहरूले जागिर छाडेको हुनसक्ने सहायक रथी केसीले बताए । उनी भन्छन्–‘विदेश जान वा अन्यत्र आर्जन गर्न सकिन्छ भनेर उनीहरू सेनाबाट बाहिरिएको हुनसक्छ ।’

    नेपाली सेनामा १५ हजारको दरबन्दी रिक्त छ । तीमध्ये ८ हजार सैनिक छनोट भएर तालिम गरिरहेका छन् ।

    बिल्लादार सैनिक चाहिँ १७ वर्षमा पेन्सन पाउन योग्य हुन्छन् । तर, १७ वर्षमा जागिर छाडे पनि उनीहरूले ३ वर्षपछि अर्थात् २० वर्षमा पेन्सन लिन पाउँछन् । पेन्सन पाउन योग्य अवधि चाँडो हुँदा सेनामा जागिर छाड्नेको सङ्ख्या उच्च रहेको सैनिक अधिकृतहरूको बुझाई छ । जागिर छाड्नेहरूलाई रोक्नका लागी सेनामा कुनै विधि अख्तियार गरिएको छैन ।

    सुरक्षा निकायले यसरी रिक्त भएको पदमा सार्वजनिक विज्ञापन गरी पदपूर्ति गर्ने गरेको छ । नेपाली सेनामा १५ हजारको दरबन्दी रिक्त छ । तीमध्ये ८ हजार सैनिक छनोट भएर तालिम गरिरहेका छन् । ३ हजार २ सय सैनिकको नयाँ भर्ना अन्तिम चरणमा पुगेको र २७ सयको लागी सूचना आह्वान गरिएको छ । राजीनामा दिएर तथा अनिवार्य अवकाशका कारण रिक्त दरबन्दीमा भर्ना प्रक्रिया द्रुत पारिएको सहायक रथी केसीले जानकारी दिए ।

    ‘सेनामा भर्ना हुन आउने दर पहिले भन्दा अहिले बढ्दै गएको छ, आकर्षण बढेको देखिन्छ’ उनले भने ।

    •  सशस्त्रमा थोरैले रोज्छन् राजीनामा

    सशस्त्र प्रहरी बलमा प्रहरी र सेनामा भन्दा निकै थोरै सङ्ख्यामा राजीनामा दिने गरेका छन् । पछिल्लो ५ वर्षमा २ हजार ८३१ जनाले राजीनामा दिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले वीरगंज संजाललाई बताए । उनले भने–‘२०७६ भन्दा पछि २ हजार ८ सय ३१ जनाले राजीनामा दिएका छन् ।’

    सशस्त्रमा २०७६ देखी २०८० सम्ममा राजीनामा र अनिवार्य अकाशमा जानेको सङ्ख्या ३ हजार ३५ मात्र छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑