बिरगंज | बिरगंजमा बिरगंज महानगरपालिकाको बजार ब्यवस्थापन तथा अनुगमन समितीले KFC बिरगंजमा छापा मारेको छ। यसले सोसल मिडियामा KFC को गुणस्तरहिन चिकेन बिक्री तथा वितरण गरिरहेको सूचना पाएपछि उप प्रमुख र बजार ब्यवस्थापन तथा अनुगमन समितीका संयोजक इम्तिया आलमले तत्कालै अनुगमन गर्ने निर्देशन दिएका छन्। उप प्रमुख तथा समितीका सदस्य कन्हैया ठाकुरले बिरगंजमा स्थित स्काईलाइन मलमा रहेको KFC मा अनुगमन गरिएको थियो।
अनुगमन क्रममा KFC को किचेन र स्टोरमा फ्रीजमा राखिएको मासु माछा र दूध राखिएको हुदा व्यवस्थापन गर्न निर्देशन दिएका छन्। उनले छुटा छुटै व्यवस्थापन गर्न निर्देशन दिएका छन् र मासुहरू कालो त्यो बोनमेरो को र लेगपिसमा दुई वटा मासु भेएको हुदा एउटा सेतो मासु र अर्को कालो मासु हुन्छ त्यस्ले कालो र सेतो हेरिएको को हो भनी एक बाबरचीले बताउछन्।
उप प्रमुख र समितीका संयोजक इम्तियाज आलमले नगर बासीहरूको गुनासोले तत्काल समितीका पदाधिकारीहरू लाई बोलाई तुरन्त अनुगमन गर्ने निर्देशन दिएको थियो। अनुगमन टोलिमा वीरगंज महानगरका खाद्य अनुसन्धान अधिकृत विपिनलाल दास, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय वीरगंजका सुरेश कुमार सिंह, वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधी मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव लगायतको पनि सहभागीता रहेको थियो। उक्त विपिनलाल दासले जानकारी दिएका छन्।