• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सालाई पूर्ण खोप जिल्ला घोषणा गर्नका लागि घरघरमा पुगेर गरियो अनुगमन

  • वीरगंज संजाल
  • २६ बैशाख २०८१, बुधबार १४:३१
  • ११२१

    वीरगंज | पर्सा जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप जिल्ला घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। पर्सा जिल्लालाई आगामी जेष्ठ ३ गते पूर्ण खोप जिल्ला घोषणा गरिदैंछ। त्यसका लागि यस बर्ष नै पूर्ण खोप घोषणा भइसकेका १० वटा पालिकामा स्वास्थ्य कार्यालय पर्साले आइतबारदेखि मंगलबारसम्म स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा हरेक ती पालिकाका विभिन्न वडाका घरधुरीमा पुगेर लक्षित उमेर समुहका बालबालिकाले नियमित खोप लगाए नलगाएको बारेमा अनुगमन गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए।

    अनुगमनको अन्तिम दिन मंगलबार स्वास्थ्य अधिकृत मल्लिका श्रेष्ठको नेतृत्वमा स्वास्थ्य कार्यालयबाट खटिएको दुई छुट्टा छुट्टै टोलीले छिपहरमाई, विन्दवासिनी, पटेर्वासुगौली, र सखुवा प्रसौनी गाँउपालिकाका विभिन्न वडामा पुगेर अनुगमन गरेको उनले बताए। यसअघि आइतबार र सोमबारपनि अन्य ६ पालिकामा श्रेष्ठ नेतृत्वको टोलीले अनुगमन गरेको थियो।

    ठाकुरका अनुसार, जिल्लाका वीरगन्ज महानगर बाहेक अन्य चार पालिका भने गत बर्ष नै पूर्ण खोप पालिका घोषणा भइसकेका थिए।

    ठाकुरले भने, “पालिकाहरुले यसअघि नै पालिकास्तरबाट आफनो अनुगमन सकिसकेका थिए। अब जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गर्नको लागि अन्तिम तयारी स्वरुप स्वास्थ्य कार्यालयले अनुगमन गरेको हो। कहि कतै कुनै कारणवस कोहिपनि बालबालिका खोपबाट बञ्चित त छैनन्र भनेर हामीले यो अन्तिम अनुगमन गरिरहेका हौं। चार पालिकामा गरिएको अनुगमनमा लक्षित उमेर समुहका एक जनापनि बालबालिका पूर्णखोपबाट बञ्चित भएको पाइएन।”

    जेठ ३ गते वीरगन्जको कन्ट्री इन पार्टी प्यालेसमा प्रदेश सरकारका स्वास्थ्यमन्त्रीको प्रमुख आतिथ्यतामा एक भव्य कार्यक्रम आयोजना गरेर पर्सा जिल्ललाई पूर्ण खोप जिल्ला घोषणा गरिने जानकारी ठाकुरले जानकारीले दिए।

    मधेस प्रदेशका आठ मध्ये पर्सासहित चार जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी छन्। पर्सा, रौतहट, धनुषा, र महोत्तरी जिल्ला मात्र पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेका हुन्।

    पर्सामा पूर्ण खोप कार्यक्रम २०७३ वैशाखबाट थालिएको थियो। लक्ष्य अनुसार सन् २०१७ भित्रै पर्सा जिल्लालाई पूर्ण खोप घोषणा गरी सक्नु पथ्र्यो। तर त्यस अवधिमा पनि हुन नसकेपछि पटक पटक म्याद थप्दै काम हुँदै आएको छ। पछिल्लो ५ बर्ष यता कोरोनाकाल तथा अन्य कारण देखाएर काममा ढिलाई भइरहेको थियो।

    पूर्ण खोप युक्त जिल्ला घोषणा गर्न जिल्लाका २३ महिना मुनिका करिब २५ हजार बालबालिकाले सबै खोप लगाई सकेको हुनुपर्छ। ती मध्ये १ वर्षमुनिका १५ हजार बालबालिकालाई दादुराको दोश्रो खोप लगाई सकेको हुनुपर्छ।

    १५ महिनादेखि २३ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले एउटा पनि खोप नछुटाई सबै खोप लगाएको अवस्थामा पालिका वा जिल्लालाई पूर्ण खोप घोषणा गरिन्छ। २३ महिना मुनिका बालबालिकाले बिसिजी १ मात्रा, डिपिटी÷एचइपिबिएचआइबिको ३, ओपीभीको ३, पीसीभीको ३, दादुराको २, जेइको १ डोज खोप लिएको हुनुपर्छ। यी मध्ये एउटा पनि बालबालिका कुनै एक खोपबाट बञ्चित हुनुहुँदैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑