• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चोर बाटोबाट सिर्सिया नदीमा प्रदूषित पानी मिसाउँदै उद्योग

  • वीरगंज संजाल
  • २६ बैशाख २०८१, बुधबार ११:३९
  • ९२१

    वीरगञ्ज | सिर्सिया नदीको प्रदूषणमा सबैभन्दा धेरै प्रभावित उद्योग अरनिको टेक्सटाइलले गरेको छ। वीरगञ्ज महानगरपालिकाका वन वातावरण तथा विपद् व्यवस्थापन महाशाखामा कार्यरत प्रमुख प्रकाश ऐरीका अनुसार, अरनिको टेक्सटाइल उद्योग नदी प्रदूषण गर्ने उद्योगहरूको संख्यामा पहिलो स्थानमा रहेको छ।

    पटक-पटक ताकेता गर्दा पनि अटेर गरेका उद्योगहरूलाई वीरगञ्ज महानगरपालिकाले १५ दिनको अल्टिमेटम दिएको थियो। अल्टिमेटम पूरा भएको दिन महानगरको टोलीले मङ्गलवार उद्योगहरूमा स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। जसमा अरनिको टेक्सटाइलले तीन वटा पोखरी बनाएको छ। पोखरी भरिएपछि पुनः नदीमा प्रदूषित पानी मिसाइएको पाइएको हुन्छ भन्ने ध्यान गराइएको उनले बताए। प्लान्ट निर्माणका लागि प्राविधिक टोलीलाई बोलाएको हुँदा केही समयभित्रै प्लान्ट बन्ने उद्योग पक्षको दाबी छ।

    त्यसैगरी, सिद्धि टेक्सटाइलले पनि पोखरी बनाएको छ, तर प्रभावकारी रूपमा प्लान्ट नबनाएको पाइएको अनुगमनमा सहभागी वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले बताए। उनका अनुसार, अधिकांश उद्योगले प्रविधि टोली बोलाउने र अध्ययन गर्ने काम गरिरहेका छन्। उद्योग सुरु गर्ने समयमै गर्नु पर्ने काम वीरगञ्ज महानगरपालिकाको दबाबले अहिले सुरु गरेको उनको भनाई छ।

    महानगरपालिकाले नदी प्रदूषित गर्ने उद्योगलाई कुनै पनि हालतमा छुट नदिने उनले बताए। महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा नदीलाई प्रदूषणमुक्त बनाउनका लागि महानगरपालिकाले गम्भीरतापूर्वक काम गरिरहेको प्रमुख सिंहका स्वकीय सचिव सत्यराज घिमिरेको दाबी छ।

    मारुती पेपरले पछिल्लो समय महानगरको निर्देशनलाई मान्दै नमुना काम गरेको वातावरण शाखा प्रमुख प्रकाश ऐरीले बताए। उनले भने, ‘मारुती पेपरले अहिले नमुना काम गरिरहेको छ। यो उद्योगले आफ्नै प्रशोधन केन्द्र बनाएको छ। यसले अहिले नदीमा प्रदूषित पानी मिसाएको छैन भन्दा पनि हुन्छ।’

    दुर्गा पेपर एन्ड पल्प उद्योगले पनि प्रशोधन केन्द्र बनाएको ऐरीले जानकारी दिए। यद्यपि पानी प्रशोधन गरे पनि उद्योगका अन्य विकार पदार्थले भने नदी प्रदूषित भइरहेको उनको भनाई छ। विकार पदार्थलाई पनि उद्योगभित्रै व्यवस्थापन गर्न निर्देशन दिइएको ऐरीले यात्रा डेलीसँग भने।

    बाराको जितपुर सिमरा उपमहानगरपालिकाभित्र पर्ने नारायणी लेदर उद्योगमा पनि टोलीले अनुगमन गरेको थियो। वीरगञ्ज महानगरपालिका, परवानीपुर गाउँपालिका र जितपुर सिमरा उपमहानगरपालिका लगायतको सम्मिलित टोली मिलाएर बनाइएको समितिअन्तर्गत रहेर उक्त उद्योगमा अनुगमन गरिएको हो।

    नारायणी लेदर उद्योगले प्रशोधन केन्द्र भए पनि प्राविधिक टोली नहुँदा सञ्चालन गर्न नसकिएको बताएको छ। त्यसका लागि प्राविधिक व्यक्ति बोलाएर काम गराउने प्रतिबद्धता जनाएको वातावरण शाखाका प्रमुख प्रकाश ऐरीले बताए।

    त्रिवेणी टेक्सटाइल, मरियम लेदर लगायतका उद्योगले पनि प्राविधिक बोलाउने र प्रशोधन केन्द्र सञ्चालन गर्ने काम भइरहेको बताएका छन्। अनुगमनमा पुगेको टोलीसमक्ष उद्योगले कम्तीमा २/३ महिनाको अझै समय माग गरेका छन्।

    तिन महिनाको समय दिन महानगर तयार भए पनि उक्त अवधिभर उद्योगको प्रदूषित पानी नदीमा नमिसाएर उद्योग परिसरभित्रै व्यवस्थापन गर्नुपर्ने वातावरण निरीक्षक ऐरीले बताए। उनले भने, ‘हामीले पटक–पटक समय दिएका छौँ, ताकेता गरिरहेका छौँ। तर पनि अटेर गरेको पाइएको छ। यद्यपि केही उद्योगले काम गरिरहेका पनि छन्। त्यसैले अब महानगर कडा रूपमा प्रस्तुत हुन्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑