पर्सागढीमा पर्साको पर्सागढी नगरपालिका अन्तर्गतका शक्तिपीठ र ऐतिहासिक धार्मिक स्थलहरू ओझोलमा छन्। संरक्षण र प्रचारप्रसारको अभावमा ती शक्तिपीठ र धार्मिक स्थलहरू ओझेलमा छन्।
पर्सागढी मन्दिर, आमोदेवी मन्दिर, कोइलाभार मन्दिर र खसियाहीमाई मन्दिर जस्ता धार्मिक स्थलको संरक्षण र प्रचारप्रसारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारको ध्यान नपुगेसम्म ओझेलमा छन्। पर्सागढी नगरपालिका वडा नं. ६ मा रहेको पर्सागढी युद्ध स्थल देशको ऐतिहासिक विजयगढीमध्यको एक हो।
पर्सागढीलाई मुख्य युद्ध स्थलको रुपमा प्रयोग गर्दा बिक्रम सम्वत् १८७१ मा तत्कालीन भारतको ब्रिटिस सरकारलाई नेपाली सेना र स्थानीय रन्जित चौधरीको नेतृत्वमा स्थानीय निवासीहरूले परास्त गरेर कायम गरेका थिए। यसै ऐतिहासिक स्थलको बिकास र संरक्षणको बारेमा हेल्चक्राई गर्दा यी संरचनाहरू ओझेलमा छन्।
ऐतिहासिक युद्ध स्थल पर्सागढीकै नामबाट पर्सागढी नगरपालिका नामकरण गरिएपनि पर्सागढी युद्ध स्थलको नाममा १० बिघा भन्दा बढी जग्गा संरक्षण गर्न नसकेसम्म स्थानीय निवासीहरूले आफूले भोगचलन गर्दै छन्। यसैकारण सडक समस्याले पनि उनीहरूको गुनासो छ।
पर्सागढी नगरपालिका वडा नं. १ मा रहेको कोइलाभारमाई मन्दिर राष्ट्रिय वनको सिमासार क्षेत्र र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ। तर यसलाई आन्तरिक र बाह्य पर्यटनको बिकासमा बिकास भएन।
कोइलाभार मन्दिरको वरपर बेत घारी छ, जसको जराबाट निस्किएको पानीले सयौं किसानले सिचाउँछन्। कोइलाभारमाई हरियाली रमणीय स्थल हुने बिकासको लागि सबै जुट्नुपर्ने पर्सागढी नगरपालिका वडा नं. १ का निवासी ज्ञान बहादुर बास्तोलले बताएका छन्।
पर्सागढी नगरपालिका वडा नं. ३ स्थित आमोदेवी मन्दिर राष्ट्रिय वन क्षेत्रभित्र छ, तर यसको पनि बिकास हुन नसकेसम्म ओझेलमा छ। मन्दिर प्राङ्गणमा बिकास र निर्माणको लागि पर्सागढी नगरपालिका र प्रदेश सरकारले ६० लाख भन्दा बढी रकम खर्च गरेको भएपनि बिकासको काम शून्य बराबर छ र लाखौं रकम हिनामिनामा यसलाई समेत नियमनकारी निकाय मौन देखिएको छ।
पर्सागढी नगरपालिकाका तिनै धार्मिक स्थलहरूको बिकास र निर्माणमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले ध्यान दिनुपर्ने छ। यसले आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउने र पर्सागढीलाई पर्यटन हवाला बनाउने भएमा सरोकारवालाहरूले जोड दिएका छन्। यसले अर्थतन्त्र सवलीकरणमा समेत टेवा पुराउँछ।