• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिराहा कारागारमा क्षमताभन्दा तीन दोब्बर बढी कैदीबन्दी

  • वीरगंज संजाल
  • २५ बैशाख २०८१, मंगलवार १२:४७
  • १४३७

    वीरगंज | सिराहा जिल्ला सदरमुकाम सिराहास्थित कारागारमा क्षमताभन्दा तीन दोब्बर बढी कैदी राखिएको छ। क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा गर्मीमा समेत कोचिएर सुत्नुपर्ने बाध्यता रहेको कैदीबन्दीको गुनासो छ ।

    सिराहा कारागारका निमित्त प्रमुख राजगिर साहका अनुसार आइतबार अपराह्नसम्म सिराहा कारागारमा दुई आश्रित बालबालिका, २६ महिला र चार सय ८० जना पुरुष कैदी थुनुवा गरी कुल पाँच सय आठजना राखिएका छन् । उनका अनुसार कारागारमा दुई सय ५१ पुरुष र १५ महिला कैदी तथा दुई सय २९ पुरुष र ११ महिला थुनुवा र दुई आश्रित बालबालिका छन् ।

    ०२८ सालमा स्थापित सिराहा कारागारमा १५ महिला र एक सय ३५ पुरुष गरी कुल एक सय ५० जना कैदीबन्दी बस्ने क्षमता भए पनि तीन गुणाभन्दा पनि बढी कैदी र थुनुवा राखिएपछि तीन–तीनजनासँग मिलेर सुत्नुपर्ने बाध्यता रहेको कारागारका चौकीदार कैलाश ठाकुरले गुनासो गरे ।

    क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा सुत्न, शौचालय तथा खानपानीको धारा प्रयोग गर्न पनि लामो समय पालो पर्खिनुपर्ने बाध्यताको कारणले कैदीहरूको प्रयासमा कारागारको छतमा करिब एक सयजना बस्न सकिने ट्रस निर्माण गरिएपछि केही सहज भएको उनले बताए ।

    ‘शौचालय, खानेपानीको धारा पनि अपुग थियो,’ उनले भने, ‘पुरुष कैदी र थुनुवाका लागि आठवटा थपेर १६ वटा शौचालय बनायौँ, महिला ब्लकमा दुईवटा शौचालय छन् ।’ खानेपानीका लागि पाँचवटा हातेकलमा विद्युतीय मोटर जडान गरी प्रयोग भइरहेको उनले बताए ।

    लागुऔषधका बन्दी धेरै
    सिराहा कारागार प्रशासनका अनुसार पुर्पक्षका लागि थुनामा राखिएका तथा अदालतबाट कैद सजाय फैसला भई कारागारमा राखिएकामध्ये ठूलो संख्या लागुऔषध मुद्दाका थुनुवा र कैदी रहेका छन् ।

    ‘१८ देखि ५० वर्ष उमेर समूहका आधाभन्दा बढी कैदी र थुनुवा लागुऔषध मुद्दाका छन्,’ निमित्त कारागार प्रमुख साहले भने, ‘लागुऔषधपछि जबर्जस्ती करणी र अन्य मुद्दासँग सम्बन्धित कैदी थुनुवा कारागारमा राखिएका छन् ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑