• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ललितपुरमा कवाडी कर आतंक, नाकामा बसेर धम्क्याउँछन् ठेकेदार

  • वीरगंज संजाल
  • २५ बैशाख २०८१, मंगलवार ११:४३
  • १०७७

    वीरगंज । काठमाडौं शंखमुलबाट च्यासल हुँदै ललितपुर महानगर छिर्न लागेको ‘हात्ती गाडी’ चालक सुबोध धमलाले शुक्रबार अनपेक्षित विवाद झेल्नुपर्‍यो । फर्निचर पसलको सामान, कोठा सामान सार्दा प्रयोग हुने भ्यान चालक रहेका धमलालाई ललितपुर र काठमाडौंको सिमानामा रहेको च्यासल पुलमा ठेकेदारका मान्छेले रोकेपछि तनाव सिर्जना भयो ।
    ‘म तीन सातादेखि ललितपुर महानगरतिर छिरेको थिइनँ, तर भ्यानमा कोठा सर्ने मान्छेको भाँडाकुँडा लिएर पारि जान लागेको त रोकेर कर तिर्न दबाब दिए’, चालक धमलाले अनलाइनखबरसँग भने, ‘अब कोठा सरेको सामान बोकेर हिँड्दा पनि कर कसले तिर्छ भन्दा, नतिरेसम्म गाडी छाड्दिन भनेपछि रिस उठिहाल्छ नि !’
    त्यसपछि आफूले बाध्य भएर कर तिर्नुपरेको धमलाले बताए । ‘तीन–चार जना बडिबिल्डरलाई लौरो दिएर कर उठाउने महानगरको कस्तो सिस्टम हो ? यसरी त जनता हिँड्नै सक्दैनन नि !,’ आक्रोषित हुँदै उनले भने ।
    धमलाको जस्तै कुरा ललितपुर महानगरप्रति गुनासो गर्छन् ठाकुरप्रसाद न्यौपाने । ‘गुन्डागर्दी शैलीमा कर उठाएको जनताका लागि हो कि कसको लागि हो ? किन यसरी कर उठाइयो ?,’ उनले भने ।

    यसो त ललितपुर महानगरले उठाएको कवाडी करबारे २१ वैशाखमा लगनखेलमा महानगर आफैंले आयोजना गरेको सार्वजनिक सुनुवाइमा पनि जोडतोडसाथ कुरा उठेको थियो । ललितपुर महानगरका स्थानीयले कवाडी करमा ‘हप्ता असुली’ जसरी गुन्डा पालेर मान्छे थर्काएको भन्दै स्पष्ट पार्न माग गरेका थिए ।
    ‘कवाडी करको नाममा ग्यारेजबाट मेसिन बनाएर आउँदा, घर बनाउने फल्चा बोकेर ल्याउँदा पनि स्थानीयलाई थर्काएर ठेकेदारले कर उठाइरहेको छ । महानगरपालिकाले के दादागिरी गरेको हो ?,’ स्थानीय शैलेश तण्डुकारले प्रश्न गरे ।
    स्थानीय प्रेमभक्त शाक्यले कवाडी करमा उठेको विषयमा महानगर मौन बस्न नहुने भन्दै जनतालाई कर असुलीका नाममा धम्की दिन नहुने बताए । कवाडी करका विषयमा पुनः विचार गर्नुपर्ने अन्य वक्ताले समेत सार्वजनिक सुनुवाइमा आवाज उठाएका थिए ।

    १० करोड १८ लाखमा पहिलो चोटि ठेक्का इन्द्रेणी हार्डवेयर एन्ड सेनेटेरी वेयर प्रालिले राखेको कर संकलन केन्द्र । ललितपुरका सूचना अधिकारी देवप्रसाद गुरागाईंका अनुसार गत महिनादेखि इन्द्रेणी हार्डवेयर एन्ड सेनेटेरी वेयर प्रालिले कवाडी कर उठाउने ठेक्का लिएको थियो । ललितपुर महानगरले पहिलो पटक ३ करोड न्यूनतम कबोल अंक राखेर ठेक्का खुलाइ बढाबढमा राख्दा १० करोड १८ लाखमा सम्झौता भएको थियो । त्यसपछि ठेकेदार कम्पनीले ललितपुर छिर्ने नाकाका विभिन्न ठाउँमा ढाट राखेर पैसा उठाइरहेको छ । ‘काठमाडौं महानगरपालिकाले आफ्नै नीति लिएर उठाउँदै आएको छ, ललितपुरले पनि ठेक्का दिएर उठाउन सुरु गरेको हो,’ सूचना अधिकारी गुरागाईंले अनलाइनखबरसँग भने, ‘१८ वटा विषय तोकेर कुन वस्तुमा कति कर लाग्छ भनेर तोकेकै छौं ।’ उनका अनुसा व्यावहारिक रूपमा नमिल्ने गरी कवाडी कर नउठाउन भनिएको छ । ‘बिहान–बेलुका तरकारी ओसार्ने गाडीको क्रेट, घरमा प्रयोग हुने फर्मालगायत विषयमा गुनासो आएपछि महानगर गम्भीर भएर सचेत गराउन थालेको छ,’ उनले भने ।

    ठेकेदार कम्पनीले महानगरको खातामा २ करोड रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको भन्दै पालिकामा पहिलो पटक यसप्रकारको कर उठाउन थालेकाले बानी नपर्दा समस्या पनि भएको उनको भनाइ छ । कवाडी करका विषयमा ललितपुर महानगर प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारतीले ठेकेदारलाई सम्झाएको बताए ।
    ‘हामीले जनतालाई दुःख नदिई तोकिएको विषयमा मात्रै राजस्व उठाउन भनिसकेका छौं । त्यसबाहेक उठाए कारबाही गर्छौं । कुन-कुन विषयमा उठाउन पाइन्छ भनेर सार्वजनिक रूपमा जानकारी सहितको फ्लेक्स राख्न भन्छौं, नत्र आफैं पनि राख्छौं,’ उनले भने, ‘गलत भए ठेक्का रद्दसमेत गर्छौं । उनीहरूले जनतालाई दुःख दिने गरी कर उठाउन थाले भने ठेक्का सम्झौतामा पुनर्विचार पनि गर्छौं ।’ यस विषयमा जानकारी लिन ठेकेदार कम्पनी इन्द्रेणी हार्डवेयर एन्ड सेनेटेरी वेयर प्रालिलाई सम्पर्क गर्दा सम्पर्कमा आएन । कर संकलनका लागि गाडी रोक्न खटिएका कर्मचारीहरू ।
    काठमाडौं महानगरपालिकाले भने ०७९ वैशाखदेखि नै कवाडी कर उठाउँदै आएको छ । महानगरपालि राजस्व विभाग प्रमुख ध्रुव काफ्लेका अनुसार वार्षिक ८ करोड १२ लाख रुपैयाँमा मारुती सप्लायर्सले ठेक्का सम्झौता गरेर कर उठाइरहेको छ ।

    ‘कवाडी कर संकलन केन्द्र बसपार्क, खसीबजार जस्ता मुख्य क्षेत्रमा फोकस भएर ठेकेदारहरूले कर संकलन गरिरहेका छन् । महानगरभित्रका लागि मात्रै कर उठाउने गरिएको छ,’ उनले भने, ‘तीन वर्षका लागि दिइएको ठेक्का अवधि अब डेढ वर्ष बाँकी छ ।’
    एकीकृत कर प्रणाली भए सहज उपत्यकाका स्थानीय तहले कर आयमा एकीकृत कर प्रणाली लगाए धेरै हदसम्म समाधान हुने ललितपुर महानगरका सूचना अधिकारी गुरागाईं बताउँछन् । ‘मेयर्स फोरममा पनि कुरा त उठ्नुपर्ने हो । सबै पालिकाले एकीकृत कर प्रणालीमा गएर सोहीअनुसार भागबन्डा गर्ने हो भने अन्तरपालिका नाकामा झन्झट हुँदैन थियो,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑