वीरगंज | अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएको छ। निर्वाचन आयोगले सोमबार अध्यक्ष राईलाई दल दर्ताको प्रमाण पत्र हस्तान्तरण गरेको हो।
निर्वाचन आयोगका आयुक्तहरूको बसेको बैठकले जसपालाई दलको मान्यता दिएको हो। जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगले दल दर्ताको मान्यता दिएको हो।
राईले आइतबार प्रदीप यादव लगायतका ७ सांसदसहित नयाँ दल दर्ताका लागि निवदेन दिएका थिए। राई अध्यक्ष रहेको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन्।