• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु

  • वीरगंज संजाल
  • २४ बैशाख २०८१, सोमबार १७:३५
  • १७७३

    वीरगंज । सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ ।

    प्रतियोगिता अन्तर्गत पहिलो दिन लिग चरणका ८ वटा खेलहरु सम्पन्न भएका छन् जसमा एनआईसी एसिया बैंक, आईसीएफसी फाइनान्स, सुर्य नेपाल, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, सिप्रदी ट्रेडिङ, एनसेल लेजेन्ड्स र सुबिसु विजयी भएका छन् । एनआईसी एसियालाई दुई वटा खेलमा जित दर्ता गर्दा प्राइम कमर्सियल बैंक दुवै खेलमा पराजित हुन पुग्यो ।

    आज सम्पन्न पहिलो खेलमा एनआईसी एसिया बैंकले क्लाउड फ्याक्ट्रीलाई १ रनले पराजित गर्यो । एनआईसी एसियाले दिएको ८० रनको लक्ष्य पछ्याएको क्लाउड फ्याक्ट्रीले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो । एनआईसी एसियाको लागि अमर रावलले सर्वाधिक ४८ रन योगदान दिए ।

    दोश्रो खेलमा आईसीएफसी फाइनान्सले जगदम्बा ग्रुपलाई ५ रनले पराजित गर्यो। ८० रनको लक्ष्य पछ्याएको जगदम्बाले निर्धारित ५ ओभरमा ७४ रनमा सबै विकेट गुमायो। आईसीएफसीको लागि अरविन्द रानाले ३१ रन, सुबास भण्डारीले २६ रन बनाए भने सुरज तिमिल्सिना र संजोक गुरुङले १/१ विकेट लिए ।

    तेस्रो खेलमा सुर्य नेपालले आईएमई ग्रुपलाई ११ रनले पराजित गर्यो । ९२ रनको लक्ष्य पछ्याएको आईएमईले निर्धारित ५ ओभरमा ८० रन मात्र बनाउन सक्यो । सुर्य नेपालको लागि अमित पाठकले २६ रन योगदान दिए भने बलिंगमा बिकाश शर्मा र प्रकाश पौडेलले १/१ विकेट लिए ।

    चौंथो खेलमा रास्ट्रिय वाणिज्य बैंकले एनसेल इलाइट्सलाई १३ रनले पराजित गर्यो । राष्ट्रीय बाणिज्यले दिएको ९० रनको लक्ष्य पछ्याउने क्रममा एनसेलले निर्धारित ५ ओभरमा ७६ रन बनाउन सक्यो। राष्ट्रिय बाणिज्यको लागि बिबेक श्रेष्ठले ३४ रन, महेश ताम्राकारले २५ रन योगदान दिए ।

    पाँचौ खेलमा माछापुच्छ्रे बैंकले प्राइम बैंकलाई ४ विकेटले पराजित गर्यो। प्राइम बैंकले दिएको ९४ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रेले अन्तिम बलमा निशेष केसीले छक्का प्रहार गर्दा जित्यो । माछापुच्छ्रेको लागि सृजन सुबेदीले ३६ रन, निशेष केसीले २४ रन बनाए भने बिभब जोशी र दिल्बिज भण्डारीले १/१ विकेट लिए ।

    छैठौं खेलमा सिप्रदी ट्रेडिङले कुमारी बैंकलाई १४ रनले पराजित गय्रो। सिप्रदीले दिएको ९७ रनको लक्ष्य पछ्याएको कुमारले ८२ रन मात्र बनायो । सिप्रदीको लागी दिपेश श्रेष्ठले ३२ रन बनाए भने प्रल्लब श्रेष्ठले १ विकेट लिए ।

    सातौँ खेलमा एनसेल लेजेन्ड्सले नेपाल बैंकलाई २३ रनले पराजित गर्यो। १०८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल बैंकले ८४ रन मात्र बनायो। एनसेल लेजेन्ड्सको लागि अनिल भण्डारीले ३२ रन बनाए भने प्रितम श्रेष्ठले १ विकेट लिए ।

    आठौँ खेलमा सुबिसुले एनसेल इलाइट्सलाई ५ विकेटले पराजित गर्यो। एनसेल इलाइट्सले दिएको ८८ रनको लक्ष्य सुबिसुले ४.३ ओभरमा विकेट नगुमाई भेटायो । सुबिसुको लागि दमन चन्द र प्रदिप मल्लले समान २३ रन बनाए भने बलिंगमा प्रदिप मल्लले २ तथा निरन्जन परियारले १ विकेट लिए ।

    आज सम्पन्न नवौं तथा अन्तिम खेलमा एनआईसी एसिया बैंकले प्राइम कमर्सियल बैंकलाई ३ रनले पराजित गर्यो। ८३ रनको लक्ष्य पाएको प्राइम बैंकले ७९ रन मात्र बनाउन सक्यो । एनआईसी एसियाको लागि अमर रावलले २८ रन तथा संजय गिरिले २२ रन बनाए भने बलिंगमा संजय सिंह धामीले २ तथा प्रविन कार्कीले १ विकेट लिए ।

    प्रतियोगिता अन्तर्गत भोलि सोमबार पनि लिग चरणका १२ वटा खेलहरु संचालन हुनेछन्। भोलिको खेलहरु पछि क्वार्टरफाइनल पुग्ने ८ टिमको टुंगो लाग्नेछ ।

    तिन दिन चल्ने प्रतियोगिताको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकालले गरेका हुन् । कार्यक्रममा नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, नेपाल खेलकुद महासंघका महासचिव धर्म बहादुर लामा तथा नेता हरिनारायण रौनियारले शुभकामना मन्तव्य राखेका थिए । समारोहमा आयोजक एसएस इभेन्ट्सका निर्देशक सुमित रौनियार र प्रतियोगिता निर्देशक रबिन जोशीको उपस्थिति रहेको थियो ।

    १५ कर्पोरेट टिम सहभागी प्रतियोगितामा सहभागी टिमहरुलाई ४ समूहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा माच्छापुच्छ्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआइसी एसिया बैक र प्राइम बैंक तथा समूह ‘बी’ मा आइसिएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैंक छन् ।

    समूह ‘सी’ मा सूर्य नेपाल, आइएमइ ग्र्रुप, नेपाल बैंक र एनसेल लिजेन्ड्स तथा समूह ‘डी’ मा एनसेल इलाइट्स र सुबिसी गरी तीन टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑