वीरगंज । नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने काम नियमित प्रक्रिया भएको जनाएको छ ।
नोटको आकार, चित्र र दरमा परिवर्तन गर्नु परे मन्त्रिपरिद्को अनुमति लिनुपर्ने नेपाल राष्ट्र बैंक ऐनमा उल्लेख छ । सोही अनुसार एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्न लागिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले गरेको निर्णयलाई नोट डिजाइन कमिटीले डिजाइन गरेर कार्यान्वनमा लिने राष्ट्र बैंकको तयारी छ । हालसम्म एक सय रुपैयाँको नोटमा नेपालको पुरानै नक्सा छ ।