• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपेन्द्र कै पक्षमा छन् मधेस प्रदेशका अधिकांश सांसद

  • वीरगंज संजाल
  • २४ बैशाख २०८१, सोमबार १५:२४
  • ११५३

    वीरगञ्ज । विभाजित भएको जनता समाजवादी पार्टी नेपाल (जसपा) को मधेस प्रदेशका अधिकांश प्रदेशसभा सदस्यहरू उपेन्द्र यादव कै पक्षमा उभिएका छन् ।

    आइतबार अशोक राईको नेतृत्वमा सात जना सांसदहरूले पार्टी विभाजित गरेपछि जसपा मधेस प्रदेश सरकारको नेतृत्व समेत फेरिने सम्भावना बढेको थियो । यद्यपि जसपा मधेस प्रदेशमा जसपाका अधिकांश प्रदेशसभा सदस्यहरू उपेन्द्र यादव कै पक्षमा रहेको बुझिएको छ ।

    पार्टीबाट निर्वाचित अधिकांश प्रदेशसभा सदस्यहरू उपेन्द्र यादव कै पक्षमा देखिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा सरोजकुमार यादवको नेतृत्वमा रहेको मधेस सरकार परिवर्तन हुने सम्भावना हालका लागि भने टलेको छ ।

    दल विभाजन भएपछि सोमबार मुख्यमन्त्री यादवले जसपा संसदीय दलको बैठक बोलाएका थिए । सो बैठकमा मधेस प्रदेशमा रहेका जसपाका १९ प्रदेशसभा सदस्यहरू मध्ये १६ जनाको उपस्थिति रहेको दाबी गरिएको छ ।

    मुख्यमन्त्री यादवको निवासमा बसेको संसदीय दलको बैठकमा १६ जना प्रदेशसभा सदस्यहरू पुगेका जसपाका एक प्रदेशसभा सदस्यले यात्रा डेलीलाई बताए । बैठकमा सरोज सिंह कुशवाहा, शारदा शङ्कर साह र साहिदा खातुन भने अनुपस्थित थिए ।

    तीमध्ये साह र खातुन विवाहमा व्यस्त भएको र कुशवाहा पार्टीकै काममा ब्यस्त रहेकाले बैठकमा उपस्थित हुन नसकेक मुख्यमन्त्री यादवले दाबी गरेका छन् । ‘हामी सबै उपेन्द्र यादवसँग छौं। कोही टसमस हुने अवस्थामा छैन,’ उनले भने । केन्द्रमा पार्टी फुटे पनि प्रदेशमा भने सबै सांसदहरू एक ढिक्का रहेको उनको भनाई छ ।

    ‘मधेस प्रदेशमा विभाजनको केही प्रभाव गर्दैन। सबै प्रदेश सांसद एक ढिक्का छन् । जुन नेताहरूले पदको लोभमा पार्टी छोडे उनीहरू कसैको भविष्य रहँदैन,’ मुख्यमन्त्री यादवले भने, ‘फुटेर जाने सबैको राजनीति समाप्तै भएको छ। फुटेको पार्टीका कसैको राजनीति उँभो लागेको छैन ।’

    मधेस प्रदेशमा आफूहरू सरकारमा रहने वा नरहने सङ्घमा बन्ने समीकरणले निर्धारण गर्ने पनि उनले बताए । ‘अहिले मलाई रिजाइन गर्ने जरुरी नै छैन। पार्टीको निर्णय अनुसार अघि बढ्छु,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑