• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उदयपुरमा खडेरीले मकै सुक्न थालेपछि कृषक चिन्तित

  • वीरगंज संजाल
  • २४ बैशाख २०८१, सोमबार १४:२२
  • ९०५

    वीरगंज |” पछिल्लो समय परेको खडेरीको कारण उदयपुरमा मकै बाली सुक्न थालेपछि कृषक चिन्तित बनेका छन् । सिँचाइ सुविधा नभएका खेतबारीमा लगाएको मकै सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् । पानी नपरेपछि चैत महिनामा खेतबारीमा लगाएको मकै खडेरीले सुक्न थालेको छ। उदयपुरगढी गाउँपालिकाका कृषक मोहन खत्रीले सिँचाइ सुविधा नभएको खेतबारीमा मकै सुक्न थालेको बताए । उनले भने, ‘ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएकाले सुकेर मर्न थालेका छन् । अब एक हप्ता पानी नपरे पहाडी क्षेत्रमा मकै उत्पादन हुँदैन भन्दा हुन्छ ।’

    जिल्लाको आठ पालिकामा पर्ने पहाडी क्षेत्रमा सिँचाइ सुविधा छैन । भित्री मधेशमा पर्ने चुरे क्षेत्रका सीमित क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । जसमा खडेरीको कारण मकैका बिरुवा मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । चैतको अन्तिमयता एकपटक पनि वर्षा नभएपछि पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका, रौतामाई, ताप्ली उदयपुरगढी गाउँपालिका बढी प्रभावित हुने भएको छ ।

    यता त्रियुगा नगरपालिका, कटारी, चौदण्डीगढी, बेलका नगरपालिका क्षेत्रमा पनि मकै सुक्न थालेको स्थानीय कृषकको भनाइ छ । कटारी नगरपालिका– ११ का कृषक राजन राउतले पहाडी क्षेत्रमा मकै सुक्न थालेको बताए । उनले भने, ‘सिँचाइ सुविधा छैन, आकाशबाट पानी नपरेकाले मकै बाली सुक्न थालेको छ । खडेरीकै कारणले वर्षभरि खान पुग्ने मकै मर्न थालेपछि चिन्ता थपिएको छ ।’

    चैत अन्तिम हप्तादेखि खडेरी लागेको र अहिलेसम्म एकझर वर्षा हुन नसकेका कारण खेतबारीमा लगाएको सबै मकैका बिरुवा ओइलाएर मर्न थालेको रौतामाई आँपटारका कृषक वीरबहादुर राईले बताए। ताप्ली गाउँपालिका– १ पिपलभन्ज्याङका कृषक तोपबहादुर ठकुरीले वैशाखको सुरुमा खडेरी सुरु भए पनि मकैको बिरुवा नै मर्ने अपेक्षा नभएको दुःखेसो पोखे । तर, खडेरी बढ्दै गएको र वर्षा नभएपछि मकैको बिरुवा मर्न थालेका उनले बताए । यसपटक मकैखेती नसप्रेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

    खडेरीका कारण जिल्लाको भित्री मधेश चुरे क्षेत्रमा पनि मकैको बिरुवा सुक्न थालेका छन् । पहाडी क्षेत्रको मुख्य अन्नबालीका रूपमा रहेको मकै बाली खडेरीका कारण नष्ट भए भोकमरीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै कृषक चिन्तित बनेका छन् । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र यादवले खडेरीले उदयपुरमा मकै बालीमा क्षति पुर्‍याएको बताए । उनले भने, ‘हामीले खडेरीले क्षति पुर्‍याएको बालीको तथ्यांकचाहिँ लिएका छैनौँ, तर खडेरी सिँचाइ नपुगेका क्षेत्र र पहाडी क्षेत्र प्रभावित बनाएको छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑