• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश सरकारको अस्थिरताले मधेसमा १० महिनामा १५.९६ प्रतिशत बजेट मात्र खर्च

  • वीरगंज संजाल
  • २३ बैशाख २०८१, आईतवार १५:११
  • १०५३

    वीरगंज | सत्ता गठबन्धनमा फेरबदल र प्रशासनिक नेतृत्व पनि बदलिइराख्दा मधेस प्रदेशमा आर्थक वर्ष २०८०/०८१ को १० महिनामा करिब १५.९६ प्रतिशत मात्र बजेट खर्च भएको छ । मन्त्रालयहरुमा सचिव र कर्मचारी समेत पर्याप्त नहुँदा प्रदेश सरकारको बजेट खर्च प्रभावित बनेको हो ।

    वैशाख २१ गते शुक्रबारसम्म मधेस प्रदेशमा कुल बजेटको १५.९६ प्रतिशत मात्र खर्च भएको पाइएको छ । चालुतर्फ १८ अर्ब ५४ करोड ५८ हजार बजेटमध्ये ३ अर्ब ९९ करोड ७१ लख ७८ हजार ७२२ रुपैयाँ अर्थात २१.५५ प्रतिशत र पुँजीगततर्फको २५ अर्ब ५७ करोड ४५ लाख ७४ हजार मध्ये ३ अर्ब ४ करोड ४६ लाख १४ हजार ७०५ रुपैयाँ अर्थात ११.९० प्रतिशत गरी कुल १५.९६ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय मधेस प्रदेशका लेखा अधिकृत मनोज कुमार झाले बताए ।

    मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार १२ पटक विस्तार भइसक्यो भयो । मन्त्रालय, मन्त्री बढेपनि सरकारको कार्यशैली र बजेट कार्यन्वनमा कुनै बदलाव भएको छैन । आर्थिक वर्षको अन्तिम समयमा योजना वितरण, बजेट रकमान्तर गरी काम गर्दा समयमा भुक्तानी नहुने समस्या मधेशमा बढदै गएको छ ।

    मधेस प्रदेशमा मुख्यमन्त्री र प्रमुख सचिवको तालमेलमा पनि बेला बेलामा समस्या आउने गरेको छ । मन्त्री र सचिवहरुको समन्वय पनि कमजोर रहेको अधिकारीहरू बताउँछन् । आर्थिक वर्षको २ महिना मात्रै बाँकी रहदा यहाँका केही मन्त्रालायहरु सचिवबिहीन भएकाले निमित्तको भरमा चलेका छन् । केही बिदामा बसेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयसहित १२ मन्त्रालय रहेको मधेस प्रदेशमा ४ मन्त्रालय निमित सचिवको भरमा चलेका छन् । श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र पौडेल १० दिनको लामो बिदा छन् । अर्थ मन्त्रालयका सचिव सुवाशचन्द्र शिवाकोटी पनि बिदामा छन् ।

    सचिव विहिन रहेको मन्त्रालयहरु खेलकुद तथा समाज कल्याण मन्त्रालयमा चुडामणि फुयाल र शिक्षा तथा संस्कृति मन्त्रालयमा महेन्द्र महतोले निमितको जिम्मेवारी पाएका छन् । उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयमा निमित सुशिल कुमार साह र भौतिक पुर्वाधार विकास मन्त्रालयको सचिव नहुदाँ राजकुमार गोइत निमित सचिव छन् । मन्त्री र मन्त्रालयलाई जानकरी बिना नै कर्मचारीको सरुवा हुदा ५० प्रतिशत बजेट पनि कार्यन्वयन गर्न चुनौती रहेको भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले बताए । आर्थिक वर्षको अन्तिम समयमा जोडबल गरी बजेट खर्च गर्दा बजेट दुरुपयोग हुने संभावना रहने उनले बताए ।

    ’मन्त्रालयका योजनाहरु भद्रगोल अवस्थामा रहेको र आर्थिक वर्षको अन्तिम समयमा अचानक सचिवको सरुवा हुदा कसरी काम अगाडी बढ्छ,’ मन्त्री यादवले भने,‘मन्त्रालयका कर्मचारीहरु पनि मन्त्रीप्रति सकारात्मक छैनन् । कर्मचारीको सरुवा मुख्यमन्त्री कार्यालय र सचिवको सरुवा संघिय सरकारबाट हुने हुँदा उनीहरु मन्त्रीप्रति उतरदायी बन्न चाहदैनन् । कर्मचारी, मन्त्री र सरकारबीच समन्वय नहुँदा बजेट खर्च प्रभावित भएको छ ।’ प्रदेशको भविष्य विकास निर्माण, बजेट खर्च र मन्त्रीहरुको गतिविधिले मजबुत हुने हो’, उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑