वीरगन्ज । वीरगंजमा कृषि उद्यममा लागेका युवालाई प्रोत्साहन दिनका लागि वीरगंज महानगरपालिका मेयर र सुरक्षा निकायका प्रमुखले उनको खेतमा आफ्नो समर्थन देखाएका छन्। वीरगंज महानगरपालिका वडा नं. १६ इनर्वामा स्थानीय युवा रमेश पटेलले ६ महिनादेखि फूलको व्यवसायिक खेती गर्दै आएका छन्। कृषि उद्यममा लागेका पटेललाई प्रोत्साहन गर्न ग्रिन सिटी सामुदायिक केन्द्रको पहलमा वीरगंज महानगरपालिका मेयर राजेशमान सिंह, सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरज रिजालसहितको टोलीले शनिबार बिहान पटेलको खेतमा पुगेर ५ हजार फुलको विरुवा रोपिएका हुन्।
शनिबार १० कठ्ठा जग्गामा गुलाब, सत्रपत्री, कामनी लगायतका ५ हजार विरुवा रोपिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए। पटेलले विदेश पलायन नगरी अपनो माटोमा कृषि उद्यम गर्ने प्रयास गरिरहेका छन्। उनले आफ्नो सम्पत्ति बढी फूलको खेती गर्दै आएको हो। त्यसैगरी, पटेलको प्रयासले आफ्नो अनुभवमा रहेका युवाहरूलाई प्रेरित गर्ने पनि सिंहले उनको प्रतिनिधित्व स्वागत गरेका छन्।
यसअघि ६ महिनापहिलेपनि पटेलले फुलको व्यवसायीक खेती सुरु गर्दाका बखतपनि आफैंले २ हजार विरुवा रोपिएको जानकारीपनि खेतानले दिएको छन।
विरुवा रोप्ने कार्यक्रममा बोल्दै वीरगंज महानगरका मेयर सिंहले पटेल जस्ता कृषि उद्यममा लागेका युवाहरूलाई महानगरले सक्दो सहयोग गर्ने बताए। उनले युवाहरूलाई देशमा रोजगार नै नभएको अवस्थामा पनि अफ्नो सम्पत्ति विकासका लागि कृषि उद्यममा लाग्न अवसर प्रदान गर्न सुनिश्चित गरेका छन्।शनिबारको कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराई, वीरगंजस्थित भारतीय वाणिज्य दूतावासका कन्सुलेट जनरल डि.एस.मीना, सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरज रिजालका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेनाका साथै युवा उद्यमीहरुकोपनि सहभागीता थियो। यस प्रकारको सामाजिक र कृषि उद्यमका समर्थकहरूको सम्मान गर्दै उपलब्धिहरूको सम्मान गर्ने कार्यक्रम वीरगंजमा सफलतापूर्वक सम्पन्न भएको छ ।