बारा । सिकिन्द्र साह । बारा जिल्ला सिम्रौनगढ नगरपालिका वाडा नं. १०, टोल देवापुर टेटा निवासी २४ वर्षीय अजय कुमार बैठाको भारतको पुणे स्थित वाईसिएम अस्पतालमा मृत्यु भएको छ। उनले दुई महिना पहिले घर छोडेर घर खर्च बेहोरनको लागि पुणे पुगेका थिए। पुणेमा काम गर्नको लागि गाडीबाट पानीको जार ओलार्ने क्रममा पानीबाट छाति र टाउको चोट लागेपछि उनलाई अस्पताल पुर्याइएको थियो। उनका साथीहरू गोबिन्दा पासवान, सन्दीप पासवान, अजय यादव, र साहुले पनि अस्पताल पुर्याएका थिए।
अस्पतालमा चार दिनसम्म उपचार गरिएको थियो पछि उनको मृत्यु भएको जानकारी उनको बाजे हिरा बैठाले बताएका थिए। अजय एकल छोरा हुन् र उनी भारतमा काम गरिरहेका थिए। उनको मृत्युको समाचार सुनेर उनका परिवारमा दुःखको बादल छाएको छ।
उनको मुर्त सरिर नेपालमा ल्याउने तयारी भइसकेको छ। रामजन्म बैठाको एकल छोरा घरमा काम गर्ने रहेको र वहाँको कमाईले घर खर्च चलिरहेको अवस्था थियो । छोरा नै भारतको पुणेमा मृत्युको सुचना सुन्नु बितिकै आमा सामपति देवी तथा पुरै वडा नै सोकमा डुबेको अवस्थामा छ। अजयको मृर्त सरिर नेपाल ल्याउने तयारी भइसकेको छ।