• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने भयो ‘ठोरी छोटी भन्सार’

  • वीरगंज संजाल
  • १८ बैशाख २०८१, मंगलवार १५:५४
  • १७२१

    वीरगन्ज | पर्साको ठोरी नाकामा बर्षौदेखि बन्द अवस्थामा रहेको ठोरी छोटी भन्सार कार्यालय बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

    पर्सा जिल्ला कै दोस्रो नाका ठोरीमा अवस्थित छोटी भन्सार कार्यालयको नयाँ भवन निर्माण गरि स्तरोन्नत्ती गरिएको वर्षाै बितिसक्दापनि भन्सार विभागले कर्मचारीको व्यवस्थापन नगरिदिदाँ उक्त छोटी भन्सार कार्यालय लामो समय देखि बन्द अवस्थामा थियो ।

    तर हालै संघीय सरकारको मन्त्रिपरिषद बैठकले ठोरी छोटी भन्सार कार्यालय पुन सञ्चालनमा ल्याउने निर्णय गरेकाले बुधबारदेखि ठोरी छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन लागिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले जानकारी दिए ।

    उनका अनुसार, मन्त्रिपरिषदको निर्णय बमोजिम अर्थ मन्त्रालयको निर्देशनमा ठोरी छोटी भन्सार कार्यालयमा वीरगन्ज भन्सार कार्यालयले नायब सुब्बा अभिषेक सिंहसहित दुई जना कर्मचारी खटाइसकेको र बुधबार बिहान एक औपचारिक कार्यक्रम गरेर भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन लागिएको हो।

    बुधबारको कार्यक्रममा भन्सार विभागका महानिर्देशक डुण्डी प्रसाद निरौला, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी लगायतको विशेष उपस्थिती रहने कर्णले मधेसखबरलाई जानकारी दिए ।

    यता ठोरी गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठलेपनि ठोरी छोटी भन्सार कार्यालय बुधबारदेखि पुनः सञ्चालनमा ल्याउन लागिएको बताए ।उनले भने,‘ बुधबार बिहान ११ बजे ठोरी भन्सार कार्यालय परिसरमै एक औपचारिक कार्यक्रम हुदैंछ । कार्यक्रममा स्तरोन्नत्ती गरिएको भवनको भन्सार विभागका महानिर्देशकले समुद्घाटन गर्नु हुनेछ । भवनको समुद्घाटनसंगगै भन्सार कार्यालय पुनः सञ्चालनमापनि आउनेछ।’

    यसअघि गत माघ २७ गते नै तत्कालीन अर्थमन्त्री रामशरण महत आँफै ठोरीमा आएर ठोरी छोटी भन्सार कार्यालयको समुद्घाटन र पुनः सञ्चालन गर्ने कार्यक्रम तय गरिएको थियो । तर उक्त कार्यक्रम अन्तिम समयमा आएर बिना कारण स्थगीत भएको थियो ।

    पर्साको ठोरी गाउँपालिका तथा चितवनको माडी नगरपालिका र भरतपुर महानगरपालिकाका जनप्रतिनिधीहरुको संयुक्त टोलीले काठमाडौंस्थित अर्थमन्त्रालय, भन्सार विभाग लगायतका निकायमा पटकपटक पुगेर ठोरी छोटी भन्सार पुनः सञ्चालनका लागि दबाबसहितको आग्रह गर्दै आएका थिए ।

    यता लामो समयको प्रतिक्षापछि ठोरी भन्सारको स्तरोन्नतिसंगगै पुनः सञ्चालनमा आउने खबरले ठोरीबासी खुसी भएका छन् । लामो समयदेखि बन्द रहेको भन्सार चल्ने भएपछि सिमावर्ती भारतीय बजारबाट किनमेल गरेर ल्याइने सामानको भन्सार राजश्व तिर्न अब वीरगन्ज नै धाउनु पर्ने बाध्यता ह्टने ठोरी बजारका होटल व्यवसायी रामशरण लामिछानेले मधेस खबरलाई बताए ।यस्तै ठोरीमा दैनिक सयौंको संख्यामा भारतीय पर्यटक आउने गरेको र उनिहरुलाई नेपालको जुनसुकै स्थानमा आवागमनमा समेत गाडी भन्सार गरी जान सकिने भएको हुँदा पर्यापर्यटनमा समेत यस कार्यले प्रत्यक्ष टेवा पुग्ने अपेक्षा गरिएको ठोरीका युवा अगुवा प्रकाश खनालले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑