• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टी२० शृङ्खलाको पहिलो खेलमा नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित

  • वीरगंज संजाल
  • १५ बैशाख २०८१, शनिबार १९:२७
  • ८८१

    वीरगंज | कीर्तिपुर क्रिकेट मैदानमा शनिवारबाट सुरु भएको पाँच खेलको द्विपक्षीय टी-२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको छ।

    नेपाल र वेस्ट इन्डिज दुवै देशका खेलाडीका लागि आगामी जुनमा हुने विश्वकप अगाडि छनोटमा पर्ने अन्तिम अवसरका रूपमा यस शृङ्खलालाई महत्त्वपूर्ण मानिएको छ।

    त्यसैले दुवै टोलीका खेलाडीहरू बीचको भिडन्त हेर्न लायकको रह्यो। यस्तोमा निकै प्रतिस्पर्धात्मक पहिलो खेलमा नेपालले जित हासिल गरेको हो।

    नेपाली टिमतस्बिर स्रोत,CAN
    नेपालले टस जितेसँगै सुरुमा ब्याटिङ पाएको वेस्ट इन्डिज ‘ए’ ले कीर्तिपुरमा जुटेका दर्शकका माझ आक्रामक ब्याटिङ गर्दै २० ओभरमा ५ खेलाडी गुमाउँदै २०५ रनको चुनौतीपूर्ण लक्ष्य पेस गरेको थियो।जवाफी ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको सानदार ब्याटिङको मदतले दुई बल बाँकी छंदै लक्ष्य पूरा गर्‍यो।दुई कप्तानको भीडन्त
    शनिवारको खेल दुई देशका कप्तान बिचको भिडन्तजस्तो देखिएको थियो।

    लामो समयपछि ब्याटिङमा लय देखाएका नेपाली कप्तान रोहितले कीर्तिपुर मैदानमा भरिभराउ दर्शक माझ आफ्नो शतक पूरा गरेका थिए।केही समयको अन्तरालपछि मैदान छिर्ने मौका पाएका अनिल शाह ५ रनमा र कुशल भुर्तेल १६ रनमा आउट भएपछि नेपालको ब्याटिङ नजम्ने डर पैदा भइसकेको थियो।

    तर तेस्रो नम्बरमा आएका कप्तान रोहितले प्रशंसनिय ब्याटिङ गर्दै टोलीलाई दबाब मुक्त मात्र बनाएनन्, जितको आधार नै खडा गरिदिए। उनले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाए।

    उनलाई राम्रो साथ दिएका दीपेन्द्र सिंह ऐरीले २४ रन बनाएका थिए।

    दुवै पक्षको आक्रामक खेल
    वेस्ट इन्डिजतस्बिर स्रोत,CAN
    कमल सिंहले पहिलो ओभरमा नै वेस्ट इन्डिजका प्रारम्भिक ब्याटर जोन्सन चार्ल्स बोल्ड गरिदिए।

    त्यस्तै चौथो ओभरमा आन्द्रे फ्लेचर १३ रनमा रन आउट भएपछि नेपाली बलिङ हाबी भएको ठानिएको थियो।

    तर पनि एसोसियट राष्ट्र नेपालमा आएर पहिलो पटक खेलेका वेस्ट इन्डिज ‘ए’ का खेलाडीहरू भने दबाबमा परेको देखिएन। बरु स्कोर बोर्डमा आक्रामक रूपमा रन जोड्ने काम जारी नै राखे।आक्रामक रूप देखाउने काम कप्तान वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले गरे। उनी अन्तिम ओभरसम्म क्रिजमा डटेका थिए। सो क्रममा उनले ४६ बल खेलेर ७४ रनको पारी खेले। जुन क्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे।

    रोस्टनले केसी कार्टीसँग चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।

    अलिक अथान्जेले २५ बल खेलेर ४७ रन बनाए।

    कमल सिंहले पहिलो ओभरमा नै वेस्ट इन्डिजका प्रारम्भिक ब्याटरलाई आउट गरे
    बलिङमा निकै मिहिनेत गरेको देखिए तापनि नेपाली बलरहरूले उनीहरूको रन गति भने रोक्न सकेनन्।

    नेपाली टोलीमा आज चार जना नयाँ खेलाडीहरूलाई मौका पाएका थिए।

    प्रशिक्षक मोन्टी देशाईले टोलीमा नियमित स्थान बनाइरहेका आशिफ शेख, करण केसी, सोमपाल कामी र सन्दीप जोरालाई बेन्चमा राख्दै कमल सिंह ऐरी, अनिल शाह, विवेक यादव र प्रतिश जिसीलाई टोलीमा समावेश गराएका थिए।

    अन्य नेपाली खेलाडीहरू अविनाश बोहरा, रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑