वीरगंज | पर्साकाे बिरगंज स्थित जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि रहेको बिरगंजको ऐतिहासिक लाल बग्ला नामले चिनिने घर आज बिरगंज महानगरपालिकाले भत्काएको छ ।
नेपालको प्रथम रेल चल्ने उक्त ठाउँ लाई रेल्वे स्टेसनका रुपमा विकास गरिएको थियो । एउटा ऐतिहासिक धरोहर बोकेको ठाउँलाई यसरी महानगरपालिकाले डोजर लगाएर भत्काएको छ। स्थानीय बासिन्दालाई यस विषयमा सोध्दा उनीहरुले आफ्नो बाल्यकाल यसै ठाउँमा बितेको र यसै ठाउँमा आफूहरु हुर्केको ठाउँलाई बिरगंज महानगरपालिकाले तहसनहस गरेकोले धेरै दुःख लागेको बताएका छन् ।
लाल बग्ला एउटा छुट्टै इतिहास बोकेको लाल बग्ला हो नेपाल भरि एउटा चिन्ने स्थलको रुपमा मानिन्छ यो लाल बग्ला भनेको नेपालको सबभन्दा पुरानो र ऐतिहासिक पर्यटकिय स्थलको रुपामा चिनिन्छ ।
बिरगंज महानगरपालिकाले लाल बग्ला लाइ म्युजियमका रूपमा विकास गरेको भए कति राम्रो हुन्थ्यो । बिरगंजका विभिन्न ऐतिहासिक ठाउँहरूको फोटोहरूलाई सम्हालेर यसमा राखेर संगालेर हामीले वीरगन्जको सम्पुर्ण जानकारीहरु लाई विभिन्न ठाउमा प्रचार गर्न सक्थ्यो । साथै म्युजियममा घुमनको लागि बिरगंज महानगरपालिकाले एउटा दर रेट राख्थ्यो लाल बग्ला पर्यटकजो रुपमा चिनिन्थ्यो ।
नेपाल र भारतको जनताहरूले त्यो म्युजियममा घुमफिर गरेर जान्थ्यो भने हाम्रो बिरगंजको नाम लिन्थ्यो र पर्यटकको रुपमा बिरगंज विकसित हुन्थ्यो । तर बिरगंज महानगरपालिकाले विकासको नाम मा यस्ता ऐतिहासिक ठाउहरु लाई मासेर कस्तो विकास गरिरहेको छ स्थानियहरुले गुनासो गरि रहेका छन ।