• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सात घण्टामा जरलहवा बस्ती नै सखाप

  • वीरगंज संजाल
  • १४ बैशाख २०८१, शुक्रबार १४:१७
  • १४६५

    महोत्तरी | ६ जरलहवामा भएको आगलागीले १५० घरगोठ जले, पाँच सय स्थानीय विस्थापित
    आगलागीले महोत्तरीको मटिहानी नगरपालिका– ६ जरलहवा बस्ती नै सखाप भएको छ । बुधबार लगातार सात घण्टाको आगलागीमा एक सय ५० घरगोठ जलेका छन् । त्यस्तै, पाँच सय स्थानीय विस्थापित भएका छन् ।

    मटिहानीका मेयर हरिप्रसाद मण्डलका अनुसार बस्तीमा अधिकांश फुस र जस्तापाताले छाएका घर छन्, तीमध्ये सबैजसो जलेका छन् । पक्की घरमध्ये तीन–चारवटामा मात्रै क्षति भएको छ । तर, प्रहरीले भने ९२ घर जलेर नष्ट भएको विवरण संकलन गरेको छ ।

    ‘दिनभरको आगलागीले घरभित्रका सबै सरसामान जलेका छन् । कतिपय पशुचौपाया पनि मरे,’ मेयर मण्डलले भने, ‘१२ वटा दमकलको प्रयोग गरेर आगो निभाइएको छ ।’ आगोले बस्ती नै नष्ट गरेपछि कम्तीमा पाँच सय व्यक्ति विस्थापित भएका छन् । तर, आगलागी कसरी र कहाँबाट भएको हो भनेर अझै यकिन भएको छैन ।

    गुठीको जग्गामा बसेको यो बस्तीमा धानुक, मुस्लिम, पासवान, मलाह, बिन समुदायको बसोबास छ । स्थानीयका अनुसार बुधबार मध्याह्न १२ बजेतिर बस्तीको दक्षिण–पश्चिम कुना (आप बगैँचा क्षेत्र) बाट सुरु भएको आगो एक घन्टामै खेत रहेको क्षेत्रसमेत पार गरेर पूरै बस्तीमा सल्किएको थियो । दक्षिण–पश्चिम कुनामा आगलागी हुनासाथ खाना पकाउने एलपी ग्यासका चारवटा सिलिन्डर फड्किएपछि आँपको बगैँचास्थित यो बस्तीका करिब सय घरमा आगो पुग्यो । लगत्तै खेत क्षेत्रबाट ७० मिटर पर रहेको सोही बस्तीको अर्काे क्षेत्रमा पनि आगो सल्किएपछि थप ५० घर जलेका हुन् । बस्तीमा आगो फैलिएपछि स्थानीयसामु ज्यान जोगाउन भाग्नुबाहेक विकल्प रहेन, उनीहरूले घरभित्रबाट सरसामान निकाल्न वा बाँधेर राखेका पशुचौपायालाई छोड्न पाएनन् ।

    शीलादेवी मुखियाको घर पनि आगलागीमा खरानी भएको छ । ‘खेतपारीका घरमा आगो लागेको थियो, आगोको झिल्को उडेर आयो, मेरो घर पनि जल्यो,’ उनले भनिन्, ‘घरबाट केही पनि निकाल्न पाइनँ ।’ उनले केही दिनअघि मात्र १० हजार कर्जा लिएको पैसा पनि जलेको छ । दिउँसो पश्चिमबाट पूर्वतिर हावा चल्दा आगो फैलिएको हो ।

    १२ दमकल र तीन सय सुरक्षाकर्मीले ६ घन्टामा नियन्त्रणमा लिए आगो
    प्रायः फुसका घर भएको जरलहवा टोलमा वर्षैपिच्छे आगलागी हुन्छ । तर, यसपटक भने बस्ती नै सखाप भयो । मैथिलीमा जरलहवाको अर्थ जलेको भएकोले यस टोलको नाम जरलहवा राखिएको हो ।

    बुधबार मध्याह्न आगलागी भएको १५ मिनेटमै मटिहानी नगरपालिकाको दमकल पुगेको थियो । तर, बस्तीभर आगो फैलिएपछि जलेश्वर, रामगोपालपुर, गौशाला, जनकपुर, सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीसहित भारतको बिहार, साहरघाटबाट समेत दमकल झिकाइएको थियो । आगो निभाउन दिनभर १२ दमकलको प्रयोग भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका तीन सय जनशक्ति आगलागी नियन्त्रणमा परिचालन भएको थियो ।

    मेयर मण्डलका अनुसार बस्तीको आगलागी नियन्त्रणमा आए पनि घरका काठमा अझै आगो छ । त्यही भएर बुधबार अबेर रातिसम्म जलेका घरमा डोजर लगाएर दमकलबाट पानी फ्याँकिएको छ, ताकि हावाहुरीले आगो उडाएर फेरि क्षति नगरोस् । खेत र सडकमा पीडित ,

    आगलागीले बस्ती नै सखाप भएपछि पीडित खेत र सडकमा पुगेका छन् । मटिहानी नगरपालिकाले त्रिपाल, चिउरा, दालमोठ र चिनीको जोहो गरेको मेयर हरिप्रसाद मण्डलले बताए । आगलागी भएको क्षेत्रमा नगरपालिकाको कार्यसमितिको आपत्कालीन बैठकले आगलागीपीडित परिवारलाई तत्काल पाँच हजारका दरले राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ । ‘पीडितको खान, बस्न र पुनर्स्थापनाको प्रबन्ध गर्न सबैसमक्ष अपिल गर्दर्छाैँ,’ मेयर मण्डलले भने ।

    मटिहानी उद्योग वाणिज्य संघले पनि पीडितलाई खाना र बस्नका लागि सहयोग गर्न टोली नै खटाएको छ । नेपाल रेडक्रस सोसाइटीले बाल्टिन र मगसहित राहत सामग्री घटनास्थल पुर्‍याएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बिहीबार विपत् व्यवस्थापन समितिको बैठक डाकिएको र आवश्यक निर्णय गरेर राहत उपलब्ध गराइने बताए । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले आगलागीपीडितलाई राहतका लागि प्रदेश सरकारले पहल गर्ने बताए । ‘क्षतिको विवरण प्राप्त हुनासाथ प्याकेजमै राहत उपलब्ध गराउँछौँ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑