वीरगन्ज | नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवका अवसरमा जारी टि–१० क्रिकेट लिगमा बुधबार भएको खेलमा नेपाल पत्रकार महासंघ पर्सा विजयी भएको छ । आदर्शनगर रंगशालामा भएको खेलमा पत्रकार महासंघले एनवाईएफ वीरगन्जलाई १६ रनले हराएको हो ।
पत्रकार महासंघले दिएको ७८ रनको लक्ष्य पछ्याएको एनवाईएफ वीरगन्जले १० ओभरमा ९ विकेट गुमाएर ६१ रनमात्र बनायो । यसअघि पहिले ब्याटिङ गरेको नेपाल पत्रकार महासंघ पर्साले १० ओभरमा ५ विकेटको क्षतिमा ७७ रन बनाएको थियो ।
यस्तै बुधबार बिहान नै भएको अर्को खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगन्ज बैंकर्स ग्रुपलाई १० रनले हराएको छ । ७८ रनको लक्ष्य पाएको बैंकर्स ग्रुपले १० ओभरमा ८ विकेटको क्षतिमा ६७ रनमात्र बनाएपछि खेल नेपाल मेडिकल एसोसिएसनले जितेको हो ।जितसंगै नेपाल मेडिकल एसोसिएसन पर्सा फाइनलमा प्रवेश गरेको नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।
प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप,नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी छन् ।