• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धोबिनीका प्रमुख प्रशासकीय अधिकृत साहमाथि आक्रमण

  • वीरगंज संजाल
  • २१ चैत्र २०८०, बुधबार १२:०६
  • १३३७

    वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिकाका एक जना जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गरी घाइते बनाएका छन् ।

    गाउँपालिकाका कार्यपालिका सदस्य दिनेश प्रसाद कलवारले प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहमाथि कुटपिट गर्दै आक्रमण गरेका हुन् । आक्रमणबाट प्रमुख प्रशासकीय अधिकृत साह घाइते भएका छन् । उनको हाल उपचार चलिरहेको छ ।

    कार्यपालिका सदस्य कलवारले साहमाथि मङ्गलवार दिउँसो गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानको कार्यकक्षमा उनको अगाडि कुटपिट गर्दै आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । कलवारले साहमाथि कुटपिट गर्नुका साथै गाउँपालिका अध्यक्षको नेम प्लेट चलाएर समेत हिर्काएको कर्मचारीहरूको आरोप छ ।

    नेम प्लेटबाट साहको छातीमा गम्भीर चोट लागेको छ । उनीमाथि आक्रमण गर्ने कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हाल जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

    कर्मचारीहरूका अनुसार कार्यालय समय मै मङ्गलवार दिउँसो २ बजे गाउँपालिका अध्यक्ष चौहानले प्रमुख प्रशासकीय अधिकृत साहलाई आफ्नो कार्यकक्षमा बोलाएका थिए ।

    अध्यक्ष चौहानकै कार्यकक्षमा बसेका कार्यपालिका सदस्य कलवारले एक्कासि गाली गलौच गर्दै प्रमुख प्रशासकीय अधिकृत साहले लगाएको सर्टको कलर समातेर च्यात्नुका साथै लछारपछार गर्दै अन्धाधुन्ध हात मुक्काले हिर्काएका थिए । त्यसपश्चात् उनले अध्यक्षको टेबलमा राखेको उनको नेम प्लेट उठाएर साहमाथि हिर्काएको त्यहाँ उपस्थित कर्मचारीहरूको कथन छ ।

    अधिकृत साह गाउँपालिकामा हाजिर भएदेखि नै कार्यपालिका सदस्य कलवारले सानातिना कुरामा विवाद खडा गरेर पटक–पटक कार्यालयबाट गर्न नहुने गैर कानुनी भुक्तानी गर्न दबाब दिँदै आएको कर्मचारीहरूको आरोप छ । कलवारले यसअघि पनि कर्मचारीहरूमाथि दुर्व्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेको उनीहरू बताउँछन् ।

    यसै बिच अधिकृत साहमाथि जनप्रतिनिधिबाट नै भएको दुर्व्यवहार तथा कुटपिट घटनाको गाउँपालिकाका कर्मचारीहरूले भर्त्सना गरेका छन् । मङ्गलवार दिउँसो नै एउटा प्रेस विज्ञप्ति जाई गर्दै कर्मचारीमाथि आक्रमण गर्नेलाई नियन्त्रणमा लिएर कडाभन्दा कडा कारबाही गर्न उनीहरूले माग गरेका छन् ।

    दोषीमाथि कारबाही नभएसम्म गाउँपालिकाअन्तर्गतको आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवा ठप्प रहने विज्ञप्ति मार्फत उनीहरूले जानकारी समेत गराएका छन् । पीडित साहले मङ्गलवार नै दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी समेत दिएका छन् ।

    कर्मचारीहरूको एक समूहले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद भुसालसँग भेटेर घटनाको विषयमा जानकारी समेत गराएका छन् । दोषीमाथि कारबाही नभए जिल्लाका सम्पूर्ण कार्यालयको कामकाज बन्द गर्ने समेत उनीहरूले चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑