वीरगंज | गाजामा इजरायलले गरेको हवाई हमलामा तीन विदेशी सहायताकर्मी र उनीहरूका चालकको मृत्यु भएको छ । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले मारिएका सहायताकर्मीमध्ये एकजना बेलायतका, अर्का एकजना पोल्याण्ड र तेस्रो अस्ट्रेलियाका नागरिक रहेको बताएको छ ।
उनीसँगै मारिने चालक प्यालेस्टिनी नागरिक भएको बताइएको छ । यी सहायताकर्मीहरूले बुलेट प्रुफ ज्याकेट लगाएका थिए । यसमा वर्ल्ड सेन्ट्रल किचेन डब्ल्यूसीकेको लोगो छापिएको थियो । वर्ल्ड सेन्ट्रल किचेन अमेरिकी एनजीओ हो ।
यसले गाजाका मानिसहरूलाई खाना उपलब्ध गराउँदै आएको थियो । यस घटनाको अनुसन्धान भइरहेको इजरायली सेनाले बताएको छ । सहायताकर्मीहरू देइर–अल–बलाहमा आफ्नो कारमा यात्रा गरिरहेका थिए । तटीय क्षेत्रबाट गुज्रँदै गर्दा उनीमाथि हवाई हमला भएको थियो ।