वीरगंज | जगदम्बा स्टील जीतपुरसिमरा गोल्डकप यही चैत २४ गतेदेखि सञ्चालन हुने भएको छ । नवजनजागृति युवा क्लबले आइतवार पत्रकार सम्मेलन गरी जगदम्बा स्टील जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण चैत २४ देखि शुरू हुने जानकारी गराएको छ । क्लबका अध्यक्ष्F रामचन्द्र लामाले जीतपुरसिमरा उपमहानगर अन्तर्गत सिमरा रङ्गशालामा चैत २४ गदेदेखि प्रतियोगिता आयोजना गर्ने र वैशाख ३ गते समापन हुने बताए । उनले यसपटकको प्रतियोगितामा गत वर्षको विजेता चर्च ब्वाइज युनाइटेडसहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभिजनका पाँचवटा टीम सहभागी हुने जानकारी दिए ।
यसैगरी, प्रतियोगितामा सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ, मकवानपुर–११ हेटौंडा, वीरगंज युनाइटेड क्लब, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृति युवा क्लबसहित १० वटा टीमको सहभागी हुने अध्यक्ष लामाले जानकारी गराए । प्रतियोगिताका विजेतालाई १० लाख नगद तथा उपविजेतालाई पाँच लाख नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने उनले बताए । यसैगरी, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने र विधागत पुरस्कारतर्पm सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५/२५ हजार तथा स्थानीय उदीयमान खेलाडीलाई १५ हजार नगदबाट पुरस्कृत गर्ने योजना रहेको जानकारी गराए ।
अध्यक्ष लामाले खेल अवधिभर दैनिक ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीलाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको बताए । जगदम्बा स्टील जीतपुरसिमरा गोल्डकप पछिल्लो समयदेखि रात्रिकालीन सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको आकर्षण बढाउन गत वर्षदेखि खाना महोत्सवको पनि आयोजना गरिएको र यस वर्ष पनि सो कार्यलाई निरन्तरता दिइने अध्यक्ष्F लामाले बताए । होटल तथा पर्यटन व्यवसायी सङ्घ, बाराको सहकार्यमा गत वर्षदेखि खाना महोत्सवको आयोजना गरिएको उनले बताए । प्रतियोगितामा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई निश्शुल्क आरक्षित सिट र विद्यार्थीका लागि टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष्F लामाले जानकारी गराए ।