• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस प्रदेशमा छोराको तुलनामा छोरीको जन्म न्यून

  • वीरगंज संजाल
  • १९ चैत्र २०८०, सोमबार १३:१८
  • १३४१

    जनकपुर । मधेस प्रदेशमा छोराको तुलनामा छोरीको जन्म न्यून देखिएको छ। यसले भविष्यमा मधेस प्रदेशको जनसंख्याको लैंगिक संरचनामा नै असन्तुलित हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

    आइतबार जनकपुरमा अपिल मिडिया र द एसिया फाउण्डेसनले उक्त तथ्यांक प्रस्तुत गरेको हो। प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुखका लागि आयोजना गरेको नीति योजना र विकासमा जनसंख्या तथ्यांकको प्रयोग विषयक कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।

    निर्देशक लामिछानेले प्रस्तुत गरेको कार्यपत्रमा,मधेसमा लैंगिक अनुपात ११८ रहेको छ।मधेसमा एक सय जना छोरीको जन्म हुँदा एक सय १८ जना छोराको जन्म हुने गरेको तथ्यांक उनले प्रस्तुत गरे। तर, नेपालको औसत लैंगिक अनुपात भने एक सय १२ रहेको छ। यो भनेको एक सय जना छोरीको जन्म हुँदा एक सय पाँच जना छोराको जन्म हुनु बराबर हो।

    ‘गर्भमै लिंग पहिचान गरी गर्भपतन गराउने चलनले यस्तो भएको हुनसक्छ,’ उनले भने, ‘यो गम्भीर विषय हो। यस विषयमा प्रदेश सभा र स्थानीय सरकारले विशेष निगरानी गर्नुपर्छ।’

    राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार अन्य प्रदेशको तुलनामा मधेसमा महिला घरमुली हुने संख्या न्यून छ।
    कार्यपत्रका अनुसार सबैभन्दा बढी परिवारमा महिला घरमुली हुनेमा गण्डकी प्रदेश छ। उक्त प्रदेशमा ४१ प्रतिशत परिवारका घरमुली महिला छन्।

    मधेसमा वैदेशिक रोजगारीमा जानेको संख्या अन्य प्रदेशको तुलनामा कम देखिएको छ।तुलनात्मक रूपमा मधेसमा उद्योग कलकारखाना र रोजगारीका अन्य अवसर भएकोले विदेशिनेको जनसंख्या कम भएको तथ्यांकमा उल्लेख छ।

    नेपालको जनसंख्याको कूल ७.५ प्रतिशत मानिस विदेशिएका छन् भने मधेस प्रदेशबाट ४.९८ प्रतिशत मात्र विदेशिएका छन्।

    जनगणनाको तथ्यांक अनुसार नेपालबाट २१ लाख ९० हजार ५ सय ९२ जना विदेशमा देखिएको छ भने मधेस प्रदेशबाट ३ लाख ४ हजार २ सय ८६ जना विदेशमा देखिएका छन्।

    सात प्रदेशमध्ये बागमतीपछि मधेस प्रदेशको जनसंख्या ठूलो छ। तर मधेसको जन्मदरमा भने निकै कम रहेको छ। तथ्यांक अनुसार शून्यदेखि ४ वर्षको जनसंख्या नेपालमा ३.२४ प्रतिशत छ भने मधेसको ०.८६ प्रतिशत मात्र छ।

    मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनसंख्या तथ्यांकले आवश्यक देखाएका योजनातिर ध्यान नदिई प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीले आफू केन्द्रीत विकासका योजना ल्याउने गरेको बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑