वीरगंज । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार राति १२ बजेपछि देखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ।
यससँगै वीरगन्ज,अमलेखगन्ज,जनकपुर,विराटनगर,नेपालगन्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।
काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा भने पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ रुपैयाँ पर्नेछ ।
डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूल्य भने यथावत रहेकाे निगमले जनाएको छ ।