• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन वटै बाघको मृत्यु

  • वीरगंज संजाल
  • १९ चैत्र २०८०, सोमबार ११:३०
  • १५८५

    बारा । चितवनबाट उद्धार गरी पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको भाले बाघकोपनि मृत्यु भएको छ । असार २३ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याइएको करिब ८ वर्षको वयस्क भाले बाघको शुक्रबार राति खोरमा मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

    केही दिनदेखि बिरामी भएको बाघलाई शुक्रबार राति खोरमा आहारा दिन जाने क्रममा मृत्यु भएको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जनाए । वयस्क भाले बाघको मृत्युसँगै अहिले पर्सा राष्ट्रिय निकुञ्जको खोर रित्तो भएको छ ।

    यसअघि पर्साको ठोरी र चितवनबाट उद्धार गरी ल्याएका एउटा पोथी र एउटा भाले भाघकोपनि खोरमै मृत्यु भएको थियो । शुक्रबारराति थप एउटा बाघको मृत्यु भएसँगै निकुञ्जको खोर रित्तो भएको हो । पछिल्लो ५ महिनामा निकुञ्जको खोरमै ३ वटा बाघको मृत्यु भएको हो । २ वटा बाघ राख्ने क्षमता भएको साँघुरो खोरमा निकुञ्जले ३ वटा बाघलाई राख्दै आएको थियो ।

    अत्यन्तै दुर्गन्धित र साँघुरो खोरमा राखिएको बाघलाई बस्न अनुकूल वातावरण नभएपछि बिरामी भएर मृत्यु भएको हो । निकुञ्जले बाघको उमेर हेरेर एकदिन बिराएर ५ किलो मासु दिँदै आएको थियो ।पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले उद्धार गरेर ल्याइएको बाघलाई लामो समय खोरमा राख्नुपर्दा बिरामी भएर मरेको जनाए । ‘खोर भनेको बाघलाई उद्धार गरेर १÷२ महिनाका लागि राख्ने होल्डिङ्ग सेन्टरमात्रै हो, लामो समय खोरमा राख्दा बाघलाई बचाउन गाह्रो हुन्छ,’ खतिवडाले भने, ‘खोरमा बाघको लागि वातावरण राम्रो नभएका कारणले नै मरेका हुन्, धेरै समय राखिएको थियो । त्यो नै गल्ती भयो ।’

    पछिल्लो केही महिनामा बारा, पर्सामा एक दर्जन बाघको प्राकृतिक तथा मानवीय कारणले मृत्यु भएको छ । चैत ६ गते बाराको तामागढी साझेदारी वनमा तस्करले गोली हानेर मारेको अवस्थामा करिब ३ वर्षको पोथी बाघ मृत भेटिएको थियो । सो बाघको पुच्छर काटिएको, दाँत, जुँगा र आँखा समेत निकालिएको थियो ।

    त्यसैगरी फागुन २४ गते बाराको कछडिया सामुदायिक वनमा अर्को एक वयस्क पोथी बाघ मृत भेटिएको थियो । सो बाघलाई पशु चौपाया खाएको प्रतिशोधमा विषाक्त मासु दिएर मारिएको आशङ्का गरिएको छ । वयस्क पोथी बाघको शरीरमा कुनै घाउ चोट नभएका कारण स्थानीयहरूले मासुमा विष हालेर छोडेको हुनसक्ने डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

    गत फागुनमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं १ र २ मा चार दिनको अन्तरालमा २ वटा बाघ मृत भेटिएका थिए । सन् २०२२ को गणनामा ४१ वटा दुर्लभ पाटे बाघ रहेको पर्सा राष्ट्रिय निकुञ्जमा त्यस यता एक दर्जन बाघको ज्यान गइसकेको छ ।

    पर्सा निकुञ्जमा सन् २०१८ को गणनामा १८ बाट एकैपटक उत्साहजनक ढङ्गले वृद्धि भएर ४१ वटा पुगेको बाघ पछिल्लो समय वासस्थान, आहारा र पानीको अभावमा वनक्षेत्र आसपासका बस्तीमा छिर्न थालेको छ ।

    डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले पछिल्लो समय बाघको वासस्थान क्षेत्र अतिक्रमण हुँदा बस्तीमा छिर्न थालेको बताए । परिणामस्वरुप बाघ र मानिसबिच द्वन्द्व बढेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑