वीरगन्ज । तराई मधेसका जिल्ला भएका पुर्व पश्चिम राजमार्ग अन्तर्गत यात्रा गर्दा खासगरी महिला यात्रीहरुलाई समस्या हुने गरेको छ । अन्यत्र यात्रा गर्दा बाटोमा सार्वजनिक शौचालय देखीएपनि पुर्वतिरका यात्रामा ठाँउठाँउमा सार्वजनिक शौचालयको व्यवस्था नहुँदा खासगरी महिला यात्रीहरुmलाई समस्या हुदैं आएको छ ।
सार्वजनिक शौचालय नभएकै कारण समस्या भईरहदा पनि सरकारले यसतर्फ ध्यान नदिएको महिलाहरुको गुनासो छ ।देशका अधिकांश जिल्ला तथा स्थान खुल्ला दिसामुक्त घोषणा गरीएपनि पुर्वतिरका राजमार्गमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणका साथै खासगरी महिला यात्रुहरु सास्ती भोग्न बाध्य छन् । यात्राकै क्रममा सार्वजनिक यातायातमा भेटिएकी सप्तरीकी सिता देवीले मधेसखबरसंग भनिन् ,‘ धेरै नै समस्या हुने गरेको छ नी हामी महिलाहरुलाई । बाटोमा महिलाहरुका लागि उपयुतm सार्वजनिक शौचालय छैन । अनि पिसाब लागिहाल्छ की भनेर कम पानी खाने गरेका छौँ यात्रा गर्दा ।
यात्रा गर्दा सार्वजनिक शौचालय नभेटेपछि होटेल छिर्नु बाहेक विकल्प नरहेको तर सबै होटलमा पनि शौचालयमा जान सक्ने अवस्था नहुँदा कतिपय बेला सडकको छेउको झाडीमा पुग्नुपर्ने , जंगलमा पुग्नुपर्ने बाध्यता रहेको गुनासो गर्छिन् प्रियंका थापा ।
पुर्वतिर जाने यात्रामा अधिकाशं स्थानमा सार्वजनिक शौचालयको आवश्यकता रहेको महिलाहरु बताउँछन् ।स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र पर्छ तर हालसम्म कुनै पनि ठाउँमा सार्वजनिक शौचालय निर्माण हुन नसक्दा गर्भवती महिला , तथा किशोरी , वृद्धाहरुलाई सास्ती खेप्नुपरीरहेको भनाई छ सर्लाहीकी राधिका कुमारी कुश्वाहाको ।उनी थप्छिन् , यात्रा गर्दा त पानी नै खान्न म शौचालय जानुपर्यो भने काँहा जाने भनेर चिन्ता लागेर । तर हामी महिलाको लागि त धेरै बेर पिसाब रोक्नु पनि राम्रो त होईन तर लागिहाल्यो भने समस्या हुन्छ हामीलाई । जंगलको छेउमा जंगलि जनावरको डर मात्र होईन हामी महिलालाई त कसैले दुव्यर्वहार गर्लानु की भन्ने डर पनि हुन्छ । कम्तीमा शैचालय त हुनुपर्छ नी ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३ सय मिटरको अन्तरालमा सार्वजानिक शौचालय हुनुपर्ने प्रावधान छ। नेपालका अधिकांश क्षेत्रमा यो प्रावधानको कार्यान्वयन त परै जावोस् दैनिक हजारौँ मानिस आउजाउ गर्ने अति व्यस्त राजमार्गका विभिन्न ठाउँमा सार्वजनिक शौचालय छैनन्।
सार्वजनिक शौचालय नहुँदा यात्रा गर्दा दिसा–पिसाबले च्यापेकाहरूले समयमा दिसा–पिसाब न त्याग्ने हो भने रोगको सङ्क्रमण समेत हुने चिकित्सकहरु बताउँछन्। त्यसकारण सरकार तथा सम्बन्धित निकायका जनप्रतीनीधीले सार्वजनिक शौचालय निर्माण तर्फ समयमै ध्यान दिन जरुरी रहेको महिला यात्रुहरुको आग्रह छ ।