काठमाडौं | गुजरात भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत आफ्नो पहिलो खेलमा आज गुजरातविरुद्ध पहिलो टी-२० खेल खेल्दै छ।
नेपाली समय अनुसार दिउँसो २:४५ मा सुरु हुने खेलमा नेपाल पहिलो खेलबाटै जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिँदै छ।
नेपालले फ्रेन्डसिप कपअन्तर्गत दोस्रो खेल मंगलबार बरोडा क्रिकेट एसोसिएसनसँग खेल्ने कार्यतालिका रहेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा गुजरात, नेपाल र बरोडा सहभागी छन्। हरेक टोलीले २-२ खेल खेल्ने कार्यतालिका रहेको छ।
बुधबार नेपालले गुजरातसँग अन्तिम खेल खेल्ने छ। शुक्रबार बरोडासँग लिग चरणको अन्तिम खेल खेल्ने कार्यतालिका रहेको छ। फ्रेन्डसिप कपअन्तर्गतका समूह चरणको प्रदर्शन पछि शीर्ष २ मा रहने टिमबिच २५ चैतमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
गुजरात प्रस्थान गर्नुअघि नेपालले आयरल्यान्डको ‘ए’ टोलीसँग २ वटा टी-२० खेल खेलेको थियो। जहाँ नेपालले दुवै खेल जित्दै सिरिज क्लिन स्विप गर्दै भारत प्रस्थान गरेको हो।
भारतमा अभ्यासरत रहेको टोलीले टी-२० विश्वकपको तयारी गर्न भारतका क्षेत्रीय टोलीहरूसँग खेल्न लागेको हो।