• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामाजिक सञ्जालको दुरुपयोगले पर्सामा आत्महत्या गर्नेको संख्या बढ्दै

  • वीरगंज संजाल
  • १६ चैत्र २०८०, शुक्रबार २०:५१
  • १४७३

    वीरगन्ज । पर्सा जिल्लामा केहि बर्ष यता आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ ।जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार, पर्सामा विगत तीन बर्ष यता आत्माहत्या गर्नेको संख्या बर्षेनी बढेको देखिन्छ।

    पर्साामा आर्थिक बर्ष २०७८÷७९ मा आत्महत्या गर्नेको संख्या १ सय थियो भने आर्थिक बर्ष २०७९÷८० मा त्यो संख्या बढेर ११७ पुगेको थियो । चालु आर्थिक बर्षको आठ महिनामामात्रै पर्सामा ८८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले जानकारी दिए ।

    आर्थिक बर्ष २०७८÷७९ देखि चालु आर्थिक बर्षको फागुन महिनासम्म पर्सामा ३ सय ५ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये महिला र बालबालिकाको संख्या बढी छ । आत्महत्या गरेका ३ सय ५ जनामध्ये महिला र बालबालिकाको संख्या १ सय ७० रहेको प्रहरी नायब उपरक्षिक थापाले बताए । आर्थिक बर्ष २०७८÷७९ देखि चालु आर्थिक बर्षको फागुन महिनासम्म पर्सामा महिला १ सय २ , बालिका ४८ र बालक २० जनाले आत्महत्या गरेको पर्सा प्रहरीको तथ्यांकमा उल्लेख छ । यस्तै उत्तःm अवधिमा आत्महत्या गर्ने पुरुषको संख्या १ सय ३५ जना रहेका छन् ।

    आत्महत्या गरेका ३ सय ५ जनामध्ये २ सय ६८ जनाले पासो लगाएर र ३७ जनाले विष सेवन गरेर आत्महत्या गरेको थापाले जानकारी दिए ।

    प्रहरी नायब उपरीक्षक थापाका अनुसार,जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै जानुमा सामाजिक सञ्जालको दुरुपयोग ,उमेर परिपक्व नभइ हुने प्रेम सम्बन्ध,महत्वकांक्षी जीवनशैली, पारिवारिक कलह, मानसिक तनाव,घरेलुी हंिसा लगायत विभिन्न कारणहरु रहेका छन् ।तीमध्ये अहिलेको बढ्दो सूचना प्रविधी र सामाजिक सञ्जालको दुरुपयोग एक मुख्य कारण रहेको थापाले बताए ।

    उनका अनुसार, प्रहरी कार्यालयामा दर्ता भएका आत्महत्या घटना सम्बन्धि मुद्धाको प्रहरीले अनुसन्धान गर्ने क्रममा आत्महत्या गर्नेको संख्या बढ्नुको कारणमा धेरै जसो घटना अहिलेको सूचना प्रविधी र सामाजिक सञ्जालको बढ्दो दुरुपयोग भेटिएको छ ।

    थापाले भने,‘ सामाजिक सञ्जालमा मान्छेले अरुको विलाशीता जिवनशैली देख्छ । त्यसपछि उसले आफनोपनि त्यस्तै जीवनशैली होस् भन्ने सपना देख्न थाल्छ । तर उसले अपेक्षा गरे अनुसारको उसको वा परिवारको आर्थिक हैसियत हुदैन । त्यसपछि उ मानसिक तनावामा पर्छ । अनि डिप्रेसनमा गएर उसले आत्महत्याको बाटो रोज्छ।’

    यस्तै उमेर परिपक्व नभई बालबालिका वा किशोरकिशोरी प्रेम सम्बन्धमा पर्ने र पछि गएर उक्त प्रेम सम्बन्ध सफल नभएपछि मानसिक तनाव आएर आत्महत्या गर्ने प्रवृतिपनि देखिएको थाापाले बताए । यसमापनि सामाजिक सञ्जाल नै जोडिएको थापाले बताए।उनले भने,‘अहिले हरेक केटाकेटीको हातमा मोबाइल छ । फेसबुक,ह्वाट्सअप,इन्स्टाग्राम चलाउछन् ।सोसल मिडिया मार्फत नै चिनजान हुन्छ । त्यो चिनजान विस्तारै प्रेम सम्बन्धमा परिणत हुन्छ । तर परिवारको अस्वीकार्यता वा अन्य कारणले उक्त प्रेम सम्बन्ध असफल भएपछि तनावमा आएर आत्महत्यासम्म गर्छन् ।’

    यस्तै दाइजो वा अन्य कारणले घरभित्र हुने घरेलु हिंसा,पारिवारिक कलह, परिवारको कमजोर आर्थिक अवस्था, विभिन्न कारणले हुने तनावको व्यवस्थापन गर्न नसक्नु इत्यादि कारणलेपनि आत्महत्या गर्नेको संख्या बढ्ने गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

    बढ्दो आत्महत्याको घटना न्यूनिकरणका लागि प्रहरीले बेलाबेलामा लक्षित समु्हका बिचमा सचेतनामुलक कार्यक्रमहरु गर्दै आएकोपनि थापाले बताए ।यद्यपी यो सबैको सरोकारको विषय भएकाले यसलाई न्युनिकरण गर्न स्थानीय सरकार, सामाजिक संघसंस्था र अभिभावक वा परिवारका सदस्यकोे भूमीकापनि महत्वपूर्ण रहेको थापाले बताए ।

    उनले भने,‘सबै भन्दा पहिले अभिभावकले यदि परिवारको कोहिपनि सदस्य तनावामा परेको छ भने उसको गतिविधी नियाल्नु पर्छ । उ के कारणले तनावमा परेको हो त्यसबारे सोधीखोजी गरेर समाधानको उपायमा लाग्नुपर्छ । यदि बेलैमा उसको तनाव व्यवस्थापन गर्न सकियो भने उसले कुनै अप्रिय बाटो रोज्न नै पाउँदैन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑