वीरगन्ज । डा . सिके राउत नेतुत्वको जनमत पार्टीको पर्सा जिल्ला युवा दस्ताको जिल्ला संयोजकमा मनोज साह लाई जिम्मेवारी तोकिएको छ ।
जनमत पार्टी पर्सा द्वारा संगठनलाई थप सुदृढ, कृयासिल र लोककल्याणकारी बनाउन जनवर्गीय संगठन युवा जस्ता जिम्मेवारी मनोज साह लाई तोकिएको छ ।पर्साको राजनीतिकमाधेरै वर्षदेखि सक्रिय रहेका र लोकप्रि मनोज साह एउटा युवा नेता हुन । युवा जमानामा राम्रो पकर रहेको मनोज साहले समाजमा रहेको बिक्रीति हरुको बरेमा अवाज उठाउदै आएका छ्न ।
जनमत पार्टीको जनवर्गीय संगठनहरुमा विभिन्न ब्यक्तिहरुलाई जिम्मेवारी तोकिएको छ । जसमा युवा दस्ता मनोज साह लाई जिल्ला संयोजकको जिम्मेवारी तोकिएको छ । बुद्धिजीवी जनमत संघको जिल्ला संयोजकमा लिला कुमारी साह लाई जिम्मेवारी तोकिएको छ । थारु जनमत संघ पर्सा जिल्ला संयोजकमा श्याम चौधरी थारु लाई जिम्मेवारी तोकिएको छ । मजदुर जनमत संघ पर्साको जिल्ला संयोजकमा बिष्णु कुशवाहा लाई जिम्मेवारी तोकिएको छ । दलित जनमत संघ पर्साको जिल्ला संयोजकमा नरेश राम लाई जिम्मेवारी तोकिएको छ। भने शिक्षक जनमत संघपर्साको (शुभेच्छुक संगठन)जिल्ला संयोजकमा उमेश ठाकुर लाई जिम्मेवारी तोकिएको छ ।
यो जिम्मेवारी तोकि केन्द्रमा सिफारिस पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ र जिल्ला इन्चार्ज माधव सिंहले गरेका छ्न ।