• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको कयाल ग्रुपका ४ कम्पनीले गर्‍यो १९ अर्बको व्यापार

  • वीरगंज संजाल
  • १६ चैत्र २०८०, शुक्रबार १२:२७
  • १६६१

    वीरगञ्ज । कयाल ग्रुप अफ कम्पनीजको चार वटा कम्पनीले १९ अर्ब रुपैयाँको व्यापार गरेका छन् । ग्रुपको नारायणी रोलिङ मिल्स प्रालि, नारायणी स्टिल प्रालि, नारायणी इस्पात प्रालि र नारायणी स्ट्रिप्स प्रालिले सन् २०२३ मा १८ अर्ब ८६ करोड ९० लाख रुपैयाँको व्यापार गरेका हुन् ।

    कयाल ग्रप अफ कम्पनीजले विगत तीन दशकदेखि निर्माण सामग्री उत्पादन गर्दै आएको छ । ग्रपले विशेषगरी स्टिलका सामग्री उत्पादन गर्दै आएको छ । सत्यनारायण कयाल अध्यक्ष रहेको ग्रुपले ३० वर्षदेखि निर्माण सामग्रीको उत्पादन र व्यापार गर्दै आएको छ ।

    कम्पनीको व्यापारको तथ्याङ्क हेर्दा कुनै कम्पनीको व्यापार बढेको छ भने कुनै कम्पनीको व्यापार घटेको छ । कम्पनीले उक्त कम्पनीहरुको रेटिङ गराएर दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १५ अर्ब १४ करोड ३ लाख रुपैयाँको रेटिङ गरेको छ।

    ग्रुपको नारायणी रेलिङ मिल्सले १ अर्ब ७५ करोड रुपैयाँ, नारायणी स्टिलले १ अर्ब २८ करोड ६ लाख रुपैयाँ, नारायणी स्पातले ७ अर्ब १९ करोड ६ लाख रुपैयाँ र नारायणी स्ट्रिप्सले ४ अर्ब ९१ करोड ९१ लाख रुपैयाँको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

    केयाल ग्रुप वीरगन्जमा रहेको पारिवारिक व्यवसाय हो । ग्रुपका अधिकांश उत्पादन सरोकार वीरगन्ज र वरपरका छन्। समूहको व्यावसायिक सुरुवात सय वर्षभन्दा पुरानो हो। ग्रुपका अध्यक्ष सत्यनारायण केयालका हजुरबुबा गौरीशंकर केयालले व्यवसाय सुरु गरेका थिए। पहिला गजानन्द बालमुकुन्द नामक सानो कपडा व्यापार थियो।

    कुन कम्पनीले कति गर्यो व्यापार ?

    नारायणी स्पात प्रालि: सन् २००९ मा स्थापना भएको नारायणी स्पात प्रालिको व्यापार १ अर्ब २७ करोड ६० लाख रुपैयाँले बढी कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा १० अर्ब ५६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ९ अर्ब २९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै कम्पनीले सन् २०२१ मा ५ अर्ब ६० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    कम्पनीले सन् २०१८ देखि टीएमटी बार (डण्डी) र अन्य विभिन्न स्टिलजन्य सामग्री उत्पादन गरी व्यापार गर्दै आएको छ । वार्षिक ३ लाख २२ हजार मेट्रिकटन टीएमटी बार एमएस राउन्ड उत्पादन गर्न सक्ने क्षमता छ ।

    कम्पनीअनुसार सन् २०२३ मा १ लाख १५ हजार ५१९ मेट्रिक टन डण्डी बिक्री गरेको थो । जसमा सन् २०२२ को तुलनामा सन् २०२३ मा ९.२५ प्रतिशतले बढी बिक्री भएको उल्लेख छ । सन् २०२३ मा व्यापार बढेपनि नाफा भने घटेको छ । सन् २०२२ मा १२ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सन् २०२३ मा ३ करोड ६० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।

    त्यस्तै, कम्पनीले व्यापार गरेकोमध्ये बजारबाट अझै १८ करोड ६० लाख रुपैयाँ उठ्न बाँकी रहेको जनाएको छ । सन् २०२२ मा २४ करोड ७० लाख रुपैयाँ उठ्न बाँकी रहेको थियो । कम्पनीले नारायणी स्टिल ब्राण्डमा उत्पादन डण्डीको बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर १५ वटा शाखा र १२९ स्थानमा वितरक छन् ।

    कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ५ करोड ४५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ अर्ब १३ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको अध्यक्ष विकेशकुमार कयाल हुन् ।

    नारायणी स्ट्रिप्स प्रालि: नारायणी स्ट्रिप्सको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा करिब ३० करोड रुपैयाँले कम व्यापार गरेको छ । कम्पनीले सन् २०२मा ३ अर्ब ६४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा ३ अर्ब ३४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै कम्पनीले सन् २०२१ मा ४ अर्ब १४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

    कम्पनीअनुसार सन् २०२३ मा सन् २०२२ को तुलनामा सन् ८.३६ प्रतिशतले घटेको छ । जसमा सन् २०२३ मा २३ हजार ७३६ मेट्रिक टन बिक्री गरेको छ । सन् २०२२ मा २५ हजार १९४ मेट्रिक टन बिक्री गरेको थियो । त्यसैगरी कम्पनीको नाफा भने ऋणात्मक देखिएको छ । सन् २०२२ मा ७ करोड २० लाख रुपैया नाफा कमाएको कम्पनीले सन् २०२३ मा २४ करोड ५० लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

    कम्पनीको अध्यक्ष सत्यनारायण केयल हुन् भने निर्देशक विकासकुमार केयल हुन् । कम्पनीले एचआर, सीआर र स्टेनलेस स्टिल पाइप, सीआर सीट, करुगेटेट र प्लेन सिट र अन्य सामग्री उत्पादन गर्दै आएको छ ।

    सन् २०१५ मा स्थापना भएको कम्पनीले सन् २०१६ देखि पाइप, सिट, स्लिट, रिज, चेक्वयर प्लेट उत्पादन गरी व्यापार गर्दै आएको छ । वार्षिक ४ लाख २२ हजार ४ सय मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १५ करोड ४२ लाख रुपैयाँको रेटिङ गराएको छ ।

    नारायणी रोलिङ मिल्स प्रालि: नारायणी रोलिङ मिल्सले सन् २०२३ मा २ अर्ब ८० करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ। कम्पनीले सन् २०२२ मा ३ अर्ब ४४ करोड रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२१ मा २ अर्ब ९७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    कम्पनीको व्यापार सन् २०२३ मा १९ प्रतिशतले घटेको छ । त्यस्तै कम्पनीको खुद नाफा पनि घटेको छ । सन् २०२२ मा ३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो भने सन् २०२३ मा ९० लाख रुपैयाँ नाफा कमाएको छ ।

    कम्पनीले सन् १९९५ देखि टीएमटी बार, एंगल्स र अन्य सम्बद्ध सामग्री उत्पादन गर्दै आएको छ । वार्षिक ४८ हजार ३ सय मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

    कम्पनीको अध्यक्ष सत्यनारायण केयल हुन् भने अनुज केयल निर्देशक हुन् ।

    नारायणी स्टिल प्रालि: नारायणी स्टिलको व्यापार ३३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ३३ प्रतिशतले बढेको हो । कम्पनीले सन् २०२३ मा २ अर्ब १५ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ६० करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा १ अर्ब ६५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    कम्पनीले सन् २०२३ मा १७ करोड २५६ मेट्रिक टन स्टिलजन्य सामग्री बिक्री गरेको छ । सन् २०२२ मा १३ हजार ९७० मेट्रिक टन स्टलजन्य सामग्री बिक्री गरेको थियो । त्यस्तै सन् २०२३ मा ५.९४ प्रतिशतले नाफा कमाएको छ ।

    सन् २००४ मा स्थापना भएको कम्पनीले वायर, नेल्स र अन्य स्टिल सम्बद्ध सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०१८ बाट मात्रै व्यवसायिक कारोबार सुरु गरेको थियो ।

    वार्षिक ६५ हजार मेट्रिक टन क्षमता भएको कम्पनीले दीर्घकालीन कर्जाका लागि १४ करोड ३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब १४ करोड रुपैयाँको रेटिङ गराएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑