• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्युत् आपूर्तिका विरोधाभास उज्यालोभित्र अँध्यारा परिदृश्य

  • वीरगंज संजाल
  • १६ चैत्र २०८०, शुक्रबार १२:२०
  • ८९३

    वीरगंज | भारतसँगको विद्युत् खरीद सम्झौता नवीकरणका बारेमा अन्योल भइरहँदा ३ महीनाका लागि यो सम्झौताको म्याद थपिएको छ । भारतले सम्झौता नवीकरणमा गरेको अनाकानी र यसबाट विद्युत् आयात रोकिने सम्भावना देखेपछि ऊर्जा मन्त्रालयकै सचिवले भारतीय समकक्षीलाई विद्युत् निर्यात नरोक्न आग्रह गरेको खबर पनि सँगै पढ्न पाइयो । सम्झौताको म्याद थपिएसँगै अहिलेलाई लोडशेडिङको चिन्ता हटेको छ । तर, नेपालको विद्युत् आवश्यकता पूर्तिका लागि भारतमाथिको निर्भरता भने ‘सत्य’ हो ।

    आन्तरिक गर्जो टार्न भारतमै निर्भर रहनुपरेको तथ्यबीच भारतलाई १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्ने तानाबाना बनाइराखेका छौं । त्यतिमात्र होइन, सन् २०४० सम्ममा बंगलादेशलाई ९ हजार मेगावाट निकासी गर्ने योजना बेग्लै छ । नेपालले लक्ष्यमा राखेको विकासलाई पछ्याउने हो भने त्यसबेलासम्म ४३ हजार मेगावाट त आन्तरिक खपतकै निम्ति चाहिने एक अर्को अध्ययनले देखाएको छ । विस. २०८५ सम्ममा आन्तरिक उत्पादन र खपत दुवै १० हजार मेगावाट पुर्‍याउने सरकारी योजना छ । आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार अहिलेको जडितक्षमता २ हजार ६६६ मेगावाट छ । हिउँदमा उत्पादन आधामा खुम्चिन्छ । अहिले १ हजार ८८५ मेगावाट हाराहारीको माग धान्न भारतबाट ६०० मेगावाट आयात गर्नुपर्ने स्थिति छ । निजीक्षेत्रको प्रक्षेपणलाई पत्याउने हो भने माग ५ हजार मेगावाट पुगिसकेको छ । औद्योगिक क्षेत्रमा गुणस्तरीय आपूर्ति, खाना पकाउने ग्यास विस्थापन, सवारीसाधनमा विद्युतीय ऊर्जाको व्यापक उपयोग हुँदा आन्तरिक खपत अहिले नै १० हजार मेगावाट हुन्छ ।

    अध्ययनहरूले १ हजार मेगावाट उत्पादनका लागि २ खर्ब रुपैयाँ खर्च लाग्ने देखाएका छन् । यस आधारमा सरकारी योजनाअनुसार आन्तरिक खपत, निकासीको परिमाणका लागि अहिलेको मूल्यमा मोटामोटी ६० खर्ब रुपैयाँ लगानी चाहिन्छ ।

    यस्ता तथ्यांकीय बेमेल र अन्योलबीच हामीले लक्ष्यमा राखेको विद्युत् उत्पादन, खपत र निकासीको मोडालिटी कस्तो हुने ? यो द्विविधाले भरिएको छ । अध्ययनहरूले १ हजार मेगावाट उत्पादनका लागि २ खर्ब रुपैयाँ खर्च लाग्ने देखाएका छन् । यस आधारमा सरकारी योजनाअनुसार आन्तरिक खपत, निकासीको परिमाणका लागि अहिलेको मूल्यमा मोटामोटी ६० खर्ब रुपैयाँ लगानी चाहिन्छ । हामीले भन्ने गरेको विकास लक्ष्य भेट्टाउने गरी उत्पादन र खपत गर्ने हो भने यो आकार दोब्बर हुन्छ । यसमा प्रसारणका पूर्वाधारको लागत समावेश छैन, पूर्वाधारमा त्योभन्दा बढी लाग्न सक्छ । यत्रो लगानी कहाँबाट कसरी ल्याउने ? विद्युत् व्यापारबाट खर्बौं रुपैयाँ कमाउने तानाबाना बुनिराख्दा यस्ता अत्यावश्यकीय योजना आवश्यक ठानिएको छैन ।

    लगानीसँगै विद्युत्का स्रोतलाई दिगो कसरी बनाउने र खपत बढाउने अहिलेको मूल चासो हुनुपर्छ । जलविद्युत्को सम्भावना रटेरमात्र हुँदैन, त्यसलाई कसरी सार्थक बनाउने भन्ने योजना चाहिन्छ, हामीकहाँ अभाव नै त्यसैको छ । आन्तरिक खपतलाई प्राथमिकता दिँदै बचत भएको विद्युत् निकासीको रणनीति बनाउनुपर्छ । यसका लागि गुणस्तरीय आपूर्ति हुनु प्रारम्भिक शर्त हो । उत्पादनलाई कसरी सस्तो बनाएर खपत बढाउने भन्नेमा ध्यान गएको छैन । भाउ नसस्तिए खपत बढ्दैन, यो बजारको सामान्य सिद्धान्त हो । अध्ययनले नेपालको विद्युत् दक्षिण एशियामै महँगो देखाएका छन् । ऊर्जा मन्त्रालयले एकताका ‘स्वदेशी विद्युत जोडौं, विदेशी ग्यास छोडौं’ भन्ने नारा अघि सारेको थियो ।

    अहिले महशुल बढाउने कुरा सुनिन थालेको छ । यसले ग्यासको आयात विस्थापनलाई सहयोग पुर्‍याउँदैन । बढी खपतमा कम महशुल लिनुपर्नेमा नेपाल विद्युत् प्राधिकरण अहिले पनि बढी खपतमा बढी महशुल असुल्ने लोडशेडिङकालीन नीतिमा छ । निजी/सार्वजनिक सबै खालका सवारीमा विद्युतीय साधनलाई प्रोत्साहन गरिनुपर्छ । यस्ता साधनको आयातमा लिइने राजस्वलाई स्रोतको दृष्टिले हेरिनु हुँदैन । विद्युतीय सवारीलाई कसरी सस्तो बनाउन सकिन्छ ? यसमा अध्ययन र गृहकार्यको खाँचो छ । प्रयोगलाई सहज बनाउन पर्याप्त चार्जिङ स्टेशनहरू निर्माण गरिनुपर्छ । चार्जिङ पूर्वाधारको अभाव पनि यस्ता साधनको प्रयोग अपेक्षित बढ्न नसक्नुको एउटा कारण हो । अहिलेका पेट्रोल पम्पहरूमा चार्जिङ स्टेशन अनिवार्य गर्दा यो सामान्य नीतिले विद्युतीय सवारीसाधनको प्रयोग बढ्न सक्छ । भान्छा र सवारीसाधनमा प्रयोग हुने इन्धनको आयातमात्र विस्थापन हुन सक्यो भने वर्षेनि ३ खर्ब रुपैयाँको आयात कम हुन सक्छ ।

    स्मरण हुन्छ, बितेको बर्खामा २५/२६ सय मेगावाट उत्पादनमै भारतले विद्युत् खरीद नगरिदिए ९०० मेगावाट हाराहारी विद्युत् खेर जाने स्थिति थियो । त्यति नै बेला औद्योगिक क्षेत्रहरूमा नियमित आपूर्ति थिएन । एकातिर विद्युत् खेर जाने, अर्कातिर उपभोक्ताले नियमित र गुणस्तरीय आपूर्ति नपाउने विडम्बनाको कारण के हो ? विद्युत्को व्यापारमा एकाधिकार लिएर बसेको प्राधिकरणले उपभोक्तासम्म प्रभावकारी रूपमा सेवा पुर्‍याउन सकेको छैन । प्रसारण पूर्वाधारको कमजोरीलाई प्राधिकरणले स्वीकार गरेकै छ । कमजोर प्रसारण पूर्वाधारलाई यसको कारण देखाइन्छ । सुधारका लागि चाहिने बृहत् लगानी र क्षमता छैन ।

    उत्पादनमात्र होइन, अब विद्युत् व्यापारमा निजीक्षेत्रको सहभागिता हुनुपर्छ । निजीक्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन पावर एक्सचेन्ज कार्यविधि ल्याउने भनिएको थियो । यसले विद्युत्को व्यापार प्रतिस्पर्धी हुन सक्छ । निजीक्षेत्रको प्रवेशले उत्पादन, पूर्वाधार सुधार र मूल्यमा प्रतिस्पर्धा, आन्तरिक खपतमा वृद्धिको अपेक्षा गर्न सकिन्छ ।

    अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको एउटा प्रतिवेदनले नेपालमा जलविद्युत्लाई लगानीको उच्च सम्भावनायुक्त क्षेत्रका रूपमा औंल्याएको थियो । यो सम्भाव्यता डोकोमा दूध दुहेर उपयोग हुँदैन । यसका लागि लगानी चाहिन्छ, लगानीको भरपर्दो स्रोत भनेको निजीक्षेत्र हो । अहिलेको लगानी अभ्यासले यो प्रमाणित हुन्छ । कुल उत्पादनमा प्राधिकरणको ६६१ मेगावाट, प्राधिकरणका सहायक कम्पनीमार्फत ४७८ मेगाावाट र निजीक्षेत्रबाट १ हजार ५२७ मेगावाट उत्पादन छ । ऊर्जा विकास र पूर्वाधारका लागि स्वदेशी लगानीमात्र पर्याप्त हुँदैन, यस्तो स्वदेशी लगानीलाई प्राथमिकतामा राख्दै बाहिरको लगानीलाई प्रोत्साहन गर्नुपर्छ । यसका लागि उत्पादनका प्रक्रिया र पद्धतिलाई सहज बनाउनुपर्छ । बाहिरको लगानीमा भारतको विद्युत् व्यापार निर्देशिकाको व्यवस्था अवरोध बन्ने स्थिति छ । भारतले आफ्नो देशको लगानी भएका आयोजनाहरूको विद्युत्मात्र खरीद गर्ने नीति लिएको छ । हामीकहाँ उत्पादित विद्युत्को मुख्य बजार भारत नै भएकाले यसका कूटनीतिक चातुर्य र पहल चाहिन्छ ।

    उत्पादनमात्र होइन, अब विद्युत् व्यापारमा निजीक्षेत्रको सहभागिता हुनुपर्छ । निजीक्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन पावर एक्सचेन्ज कार्यविधि ल्याउने भनिएको थियो । यसले विद्युत्को व्यापार प्रतिस्पर्धी हुन सक्छ । निजीक्षेत्रको प्रवेशले उत्पादन, पूर्वाधार सुधार र मूल्यमा प्रतिस्पर्धा, आन्तरिक खपतमा वृद्धिको अपेक्षा गर्न सकिन्छ । यसबाट बाह्य बजार विस्तारको आधार तयार हुन्छ । एकाधिकार लिएर बसेको प्राधिकरणले महशुल र सेवा प्रवाहमा मनोमानी चलाएको छ । प्राधिकरणको आपूर्ति पूर्वाधार यति सकसपूर्ण छ कि औद्योगिक ग्राहकले यस्ता पूर्वाधारमा करोडौं लगानी गर्नुपरेको छ । प्रतिस्पर्धा प्रभावकारी सेवाको पूर्वाधार पनि हो ।

    आन्तरिक खपत होस् वा निकासी, दुवैमा विद्युत्को मूल्य प्रतिस्पर्धी हुनुपर्छ । अहिले नेपालले भारतसँग औसत ४ रुपैयाँ ५७ पैसा प्रतियुनिटमा विद्युत् खरीद गरिराखेको छ । यसको भाउमा दिनहुँ प्रतिस्पर्धा भइराखेको हुन्छ । भारत सस्तो ऊर्जा उत्पादनमा एकोहोरिएको छ । त्यहाँ सौर्य ऊर्जा प्रतियुनिट ३ रुपैयाँ ९० पैसामा बजारमा उपलब्ध छ । नेपालका लागि सहज बजार मानिएका बिहार र उत्तर प्रदेश सौर्य ऊर्जा उत्पादनमा सक्रिय छन् । हाम्रो उत्पादन त्योभन्दा सस्तो हुनुपर्छ । भारत वा अरू कुनै पनि देशले आफै कम लागतमा उत्पादन गर्छन् भने हाम्रो महँगो विद्युत् किन्दैनन् । अनुमति, उत्पादन र वितरणका भौतिक र प्रक्रियागत अवयवलाई पारदर्शी बनाएर लागत घटाउन सकिन्छ । हामी प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्न सक्छांै कि सक्दैनौं, यसैमा विद्युत् व्यापार लक्ष्यको सार्थकता निर्भर हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑