• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अष्ट्रेलियामा विद्यार्थी भिसामा कडाइसँगै धमाधम बन्द हुन थाले कलेजहरू

  • वीरगंज संजाल
  • १५ चैत्र २०८०, बिहीबार १४:५२
  • १०२१

    वीरगंज । विद्यार्थी भिसामा कडाइ भएसँगै अष्ट्रेलियामा केही कलेज बन्द हुन थालेका छन् । अष्ट्रेलियाको शिक्षा मन्त्रालयले केही कलेज बन्द गरिएको सूचना सार्वजनिक गरेको छ ।

    यसअघि अष्ट्रेलियाकी गृहमन्त्री क्लेर ओनीलले भिसाको खेती गर्ने शिक्षा प्रदायकहरूलाई कडाइपूर्वक कारबाही गर्ने प्रतिबद्धता जनाएकी थिइन् । कतिपय कलेजले विदेशी विद्यार्थीलाई भिसा प्रदान गर्ने कारखानाको रूपमा काम गरिरहेकाले तिनीहरूलाई सच्याउन ६ महिना समय दिने, अन्यथा त्यस्ता कलेजलाई बन्द गराइने बताएकी थिइन् ।

    बन्द गरिएका कलेजहरूमध्ये किङ्ग्स्टोन इन्स्टिच्युट नेपालीद्वारा सञ्चालित क्याम्पस हो । जसको सञ्चालन हाम्रो इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजी प्रालिले गर्दै आएको थियो ।

    बन्द भएका अन्य कलेजमा द मल्का ग्रुपद्वारा सञ्चालित टीएमजी कलेज, वेस्टर्न सिड्नी टेक्नोलोजी कलेज, मुभ एकेडेमी प्रालिद्वारा सञ्चालित ब्लकचेन एकेडेमी इन्टरनेशनल रहेका छन् ।

    युनाइटेड पप अष्ट्रेलिया, प्यासिफिक ट्रेनिङ ग्रुप, द इगल एकेडेमी, भर्टेक्स एयर एकेडेमी, द मल्का ग्रुपद्वारा सञ्चालित टीएमजी कलेज अष्ट्रेलिया, एबिलिटी इङ्ग्लिस, चिल्ड्रेन सर्भिसेज् एजुकेशन र ईसी ईङ्ग्लिस अष्ट्रेलिया प्रालिद्वारा सञ्चालित ईसी इङ्ग्लिसलगायत शैक्षिक संस्था पनि बन्द भएका छन् ।

    बन्द भएका शिक्षण संस्थाका विद्यार्थीका लागि सहयोग प्रदान गर्न ट्युसन प्रोटेक्शन सर्भिस ९टीपीएस० लागू गर्ने शिक्षा मन्त्रालयले जनाएको छ । टीपीएस अष्ट्रेलियाली सरकारको एक पहल हो । जसले यदि कुनै शिक्षा प्रदायकले विद्यार्थीलाई सम्झौता अनुरूपको पाठ्यक्रम पूर्ण रूपमा पढाउन नसकेको अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विकल्पको व्यवस्था सुनिश्चित गर्छ । यसअन्तर्गत विद्यार्थीको बाँकी रहेको अध्ययन अर्को शिक्षा प्रदायकबाट पूरा गरिदिने अथवा खर्च नगरिएको शुल्क फिर्ता गर्ने व्यवस्था हुन्छ ।

    गृहमन्त्री ओनिलले अबदेखि पर्यटक भिसामा अष्ट्रेलिया पुगेर विद्यार्थी लगायतका अन्य भिसामा बस्ने प्रक्रिया रोक्ने पनि बताएकी छन् । विद्यार्थीका रूपमा अष्ट्रेलिया आउनका लागि आफ्नै देशबाट विद्यार्थी भिसा लिनुपर्ने उनको भनाइ छ ।

    २३ मार्च २०२४ बाट जीएस अर्थात् जेन्युइन विद्यार्थी परीक्षा लागू गरिएसँगै अब विद्यार्थीलाई पढ्नका लागि अभिप्रेरित गरिने र पढाइभन्दा काममा जोड दिने नियत राख्नेलाई कडाइ गरिनेमा उनको जोड थियो ।

    अष्ट्रेलियाको गृह मन्त्रालयका अनुसार यसअघि सरकारले महामारी राहत भिसामार्फत अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्ने समय बढाएको थियो । अब उक्त भिसा रोकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सरकारले गरेको कडाइसँगै अघिल्लो वर्षको यही अवधिमा भन्दा अहिले ३५ प्रतिशतले भिसाको दरमा कमी आइसकेको छ ।
    यो कदमले अघिल्लो सरकारबाट स्थापित भएको विकृतिपूर्ण भिसा प्रणाली सच्याउन सरकार सफल हुने गृहमन्त्री ओनीलले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑