बिरगंज | बिरगंज महानगरपालिकाको रवैयाका कारण अहिले ठेकेदार देखि लिएर आर्थिक सहयोगका लागि आउने असहाय देखि दिनदुखीहरु धेरै पीडित भएका छन । ठेकेदारहरुले बिरगंज महानगरपालिकामा सम्पन्न गरेको बिकासको ठेक्काको पैसा बिरगंज महानगरले समयमा नदिएर थप आर्थिक भार आफुहरुलाई लगाएको आरोप लगाएका छन । बैंकबाट ॠण लिएर ठेक्काको सम्पुर्ण काम सम्पन्न गरेको तथा बिरगंज महानगरपालिका ले आफुहरु को पैसा समयमा नदिएर आफुहरुलाई झन समस्यामा परेको बताएका छन ।
त्यस्तै आर्थिक सहयोगका लागि आउने असहाय तथा दिनदुखीहरु पनि महिनो महानगरको कार्यलय धाउनु परेको बताएका छन । आर्थिक सहयोगको लागि दिएको निवेदनमा तोक लागेपनी चार चार महिना देखि पास नभएर बिरगंज महानगरले झन पीडित बनाएको बताउने गरेका छन ।
एक जना पीडितले यसरी महिनो आफुहरु लाई बेवास्ता गर्नुले बिरगंज महानगपालिकाको कामको गति कति सम्म ढिलासुस्तीले भइरहेको छ अन्दाजा लगाउन सकिन्छ । त्यस्तै एक जना पिडितले सहयोग को नाममा आफ्नो आसेपासेलाई मात्र पैसा बाड्ने काम भइरहेको बताएका छ। यसरी समयमा पैसा नदिने र आफ्नो आसेपासे कागजी पीडितलाई मात्र सहयोग उपलब्ध गराउने कार्यलाई बन्द गर्नु पर्ने बताए ।