• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकाको पुल भत्काउने जहाजमा सवार सबै भारतीय

  • वीरगंज संजाल
  • १५ चैत्र २०८०, बिहीबार १२:१३
  • १२५७

    वीरगंज | मंगलबार (मार्च २६) अमेरिकी पूर्वी तटीय सहर बाल्टिमोरनजिकै एउटा पुलमा ठक्कर खाएको कार्गो जहाजमा सवार चालक दलसमेत सबै २२ जना सदस्य भारतीय रहेको जहाजको व्यवस्थापक कम्पनीले जनाएको छ । जहाजको व्यवस्थापक कम्पनी सिनर्जी मरिन ग्रुपले जारी गरेको एक विज्ञप्तिअनुसार ‘डाली’ नामको उक्त कन्टेनर जहाज बाल्टिमोरबाट श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो । बन्दरगाहबाट निस्किएको केही समयपछि नै स्थानीय समयअनुसार बिहान १:३० बजे ‘फ्रान्सिस स्कट की पुल’को एक पिलरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

    करिब २.६ किलोमिटर लामो पुल मंगलबार भत्किँदा पुलमा रहेका केही मानिस तल नदीमा खसेका थिए । तिनको खोजीका लागि लगत्तै उद्धार अभियान सुरु गरिएको थियो । त्यस क्रममा उद्धारकर्ताले दुईजनालाई सकुसल नदीबाहिर निकालेको र बाँकी ६ जनाको भने शव फेला परेको अधिकारीले बताएका छन् । दुर्घटनामा परेका व्यक्तिहरू पुलमा खाल्डाखुल्डी मर्मत गर्ने निर्माण टोली भएको समाचार एजेन्सी एपीले मेरिल्यान्डको यातायात सचिवलाई उद्धृत गर्दै लेखेको छ ।

    दुर्घटना भएको १२ घन्टाभन्दा बढी भइसकेकाले बेपत्ता निर्माण श्रमिक पानीमा जीवित पाउने सम्भावना क्षीण रहेको भन्दै अमेरिकी सामुद्रिक सुरक्षा गार्डले खोजी र उद्धार कार्य स्थगित गरेको छ । दुर्घटनाको समयवरपर पानीको तापक्रम अधिक चिसो रहेको र खराब सामुद्रिक मौसमबीच बेपत्ता व्यक्ति जीवित भेटिने सम्भावना नरहेको रियर एडमिरल स्यानन गिलरेथले पत्रकार सम्मेलनमा बताए ।

    अधिकारीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । मेरिल्यान्ड राज्यका गभर्नर वेस मुरले जहाजका चालक दलले जहाज पुलमा ठक्कर खानुभन्दा केही समयअघि जहाजको बिजुली गएको सन्देश पठाएका थिए । दुर्घटना हुँदाको भिडियोमा पनि जहाज पुलमा ठक्कर खानुअघि त्यसका बत्ती बल्दै निभ्दै गरेको देख्न सकिन्छ । जहाजले सन्देश पठाएलगत्तै स्थानीय अधिकारीले पुलमा जाने वाहन रोकेको र त्यसले धेरै हताहती हुन रोकेको मेरिल्यान्डका अधिवक्ता मुरले भने । सन् १९७७ मा निर्माण भएको उक्त पुलमा बर्सेनि एक करोड १५ लाख सवारीसाधन आवतजावत गर्ने स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑