• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पुरस्कार घटाएर सञ्चालन हुँदै विराट गोल्ड कप

  • वीरगंज संजाल
  • १५ चैत्र २०८०, बिहीबार १२:०४
  • १६६१

    वीरगंज | पुरस्कार राशि घटाएर आठौं संस्करणको विराट गोल्ड कप फूटबल प्रतियोगिता आजदेखि सञ्चालन हुँदै छ।

    अघिल्लो वर्षको तुलनामा पुरस्कार राशिमा नौ लाख १५ हजार रुपैयाँ घटाइएको छ। गत वर्ष २० लाख १५ हजार रुपैयाँ रहेको गोल्ड कपको प्रथम पुरस्कार यस वर्ष ११ लाख रुपैयाँ मात्रै बनाइएको छ।

    त्यस्तै, गत वर्ष उपविजेतालाई १० लाख ५१ हजार रुपैयाँ दिइएको पुरस्कार यस वर्ष पाँच लाख ५० हजारमा झारिएको छ। आयोजकले पुरस्कार राशि घटाउनुको कारण आर्थिक मन्दीलाई देखाएको छ। विराट गोल्ड कप फूटबल ट्रस्टका अध्यक्ष किशोर शाहीले सबैतिर आर्थिक मन्दी भएकाले पुरस्कारको रकम घटाउनुपरेको बताए।

    आयोजक समिति बनाएर सञ्चालन गरिंदै आएको प्रतियोगिता यस वर्ष ट्रस्टले नै सञ्चालन गर्दै छ। आयोजक समितिमा व्यावसायिक क्षेत्रका व्यक्तिलाई राख्ने गरिएको थियो।

    विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगिताका लागि आयोजकका तर्फबाट सांग्रिला मोरङ फूटबल एशोसिएशन सहित १० वटा टीमले प्रतिस्पर्धा गर्ने जनाइएको छ। आठौं संस्करणको विराट गोल्ड कप आजदेखि शुरू हुँदै छ।

    प्रतियोगितामा भारतको कोलकातास्थित साउदर्न समिति फूटबल संघ, सिक्किमको सिक्किम ड्रागन फूटबल क्लब र भूटानको थिम्पुस्थित आरटीसी फूटबल क्लब पनि सहभागी हुनेछन्। विभागीय टीमहरू नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी फूलबल क्लब र त्रिभुवन आर्मी फूटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। यससँगै मच्छिन्द्र फूटबल क्लब, एनआरटी क्लब र चर्च ब्वाइज फूटबल क्लब पनि प्रतियोगितामा सामेल हुँदै छन्।

    २०१८ सालमा स्थापना भएको महेन्द्र गोल्ड कपको नाम परिवर्तन गरेर विराट गोल्ड कप राखिएको हो। स्थापनाकालदेखि यस पटकसम्म ट्रस्टले ६२औं पटक प्रतियोगिताको आयोजना गर्दै छ। प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले २५ लाख रुपैयाँ दिने प्रतिबद्धता गरेको जनाइएको छ।

    त्यस्तै, विराटनगर महानगरपालिकाबाट १२ लाख र राष्ट्रिय खेलकूद परिषद्बाट पाँच लाख रुपैयाँ प्राप्त हुने आयोजक ट्रस्टका अध्यक्ष शाहीले बताए। प्रतियोगिता सम्पन्न गर्न एक करोड १८ लाख ४३ हजार २०० रुपैयाँ खर्च हुने अनुमान छ।

    प्रतियोगिताको उद्घाटन खेल महेन्द्र पुलिस क्लब र भूटानको आरसीटी एफसीबीच हुँदै छ। खेलमा २०० रुपैयाँ प्रवेश शुल्क राखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑