• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धरान–इटहरी सडक कालोपत्र थालियो

  • वीरगंज संजाल
  • ८ चैत्र २०८०, बिहीबार १२:०६
  • १२७३

    वीरगंज | कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत इटहरी–धरान सडकमा पर्ने सेउती–पानीपिया खण्डमा कालोपत्र गर्न थालिएको छ । लामो समयदेखि सडक निर्माण कार्य सुस्त बन्दा चौतर्फी आलोचना भइरहेका बेला ‘हिमदुङ थोकर एन्ड प्यासिफिक जेभी’ले सडक कालोपत्र गर्न थालेको हो ।

    कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले चार लेन सडकमध्ये दुई लेन कालोपत्र भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित निगरानीपछि कालोपत्र सुरु भएको छ । बाँकी भागमा पनि कालोपत्र गर्ने काम चाँडै सकिन्छ ।”

    धरान–इटहरी खण्डको अन्य सडक बनिसके पनि सेउतीपुलदेखि तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किमी सडक निर्माणमा ढिलाइ हुँदा यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । उक्त सडक अस्तव्यस्त हुँदा शारीरिक कष्टसँगै धुलो धुवाँको प्रदूषण भोग्नुपरेको भन्दै हालै अधिवक्ता रविन्द्रकुमार भगतले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

    उक्त रिटको सुनुवाइ गर्दै यही चैत ५ गते उच्च अदालत विराटनगरका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले १५ दिनभित्र कारणसहित छलफलका लागि उपस्थित हुन आदेश जारी गरेको छ । उक्त सडकखण्ड भत्काएर समयमा निर्माण नगर्दा सवारीसाधन दुर्घटना बढिरहेका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार उक्त सडकमा दुर्घटनामा परेर तीन वर्षयता १० जनाको ज्यान गइसकेको छ । आर्थिक वर्ष २०७८-७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटनामा भएकामा ६ जनाको ज्यान गएको थियो । दुर्घटनामा ८८ जना घाइते भएका थिए ।

    त्यस्तै आर्थिक वर्ष २०७९-८० मा भएका २३ दुर्घटनामा तीन जनाको ज्यान गएको थियो भने ४३ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८०-८१ को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    विसं २०७७ असार मसान्तदेखि २०८० असार मसान्तभित्र काम सक्ने गरी उक्त सडकखण्ड निर्माणको ठेक्का पाएको हिमदुङ थोकर एन्ड प्यासिफिक जेभीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन । सम्झौता सकिएपछि म्याद थप्ने प्रक्रिया चलिरहेको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना इटहरीका इञ्जिनियर अस्मिता सुवेदीले बताउनुभयो । बाँकी काम चाँडै सकिने उहाँको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑