• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    त्रिविका केही विभाग बन्द हुने अवस्थामा, ठूला क्याम्पस पनि त्यस्तै

  • वीरगंज संजाल
  • ७ चैत्र २०८०, बुधबार १५:४८
  • १०२९

    । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा नयाँ भर्नासँगै पढाइ सुरु हुन थालेको छ । तर, कतिपय केन्द्रीय विभाग तथा आंगिक क्याम्पसहरुले विद्यार्थी अभावको समस्या झेलिरहेका छन् । कतिपय शैक्षिक कार्यक्रममा विद्यार्थी संख्या कम भएपछि सम्बन्धित डीन कार्यालयले दोस्रो पटक पनि प्रवेश परीक्षा सञ्चालन गरेका छन् । त्यति हुँदा पनि माग अनुसार विद्यार्थी पाएका छैनन् ।

    नेपालकै ठूला क्याम्पसमध्येका त्रिचन्द्र र रत्नराज्य (आरआर)ले त स्नातकोत्तर तहका एउटा-एउटा विषयमा विद्यार्थी अभावका कारण पढाइ नै रोकेका छन् । विज्ञान विषय मात्र पढाइ हुने अस्कल र शिक्षा विषय मात्र पढाइ हुने सानोठिमीको हालत पनि नाजुक छ ।

    सामान्यतः सेमेष्टर प्रणालीमा १० जनाभन्दा कम विद्यार्थी भर्ना नगर्ने नीति त्रिविले लिएको छ । तर विद्यार्थी अभाव हुन थालेपछि १० जनाभन्दा कम संख्या भए पनि भर्ना गर्न सकिने उसको नीति छ । सबैजसो शैक्षिक कार्यक्रममा विद्यार्थी कम भएकाले स्थायी शिक्षकहरुले पर्याप्त काम नपाउने अवस्था छ । १० जनाभन्दा कम विद्यार्थी भएका विभागलाई आंशिक शिक्षक राख्न नपाउने व्यवस्था छ ।

    शिक्षाशास्त्र केन्द्रीय विभागमा जम्मा ७८ विद्यार्थी भर्ना
    त्रिविको शिक्षा शास्त्र केन्द्रीय विभागले बिहान र दिउँसो समय मिलाएर विषयगत शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यी दुबै समयका अधिकांश विषयहरुमा विद्यार्थीको चरम अभाव छ । बिहान सत्रमा २४ र दिवासत्रमा ५४ गरी जम्मा ७८ विद्यार्थीमात्र भर्ना छन् ।

    बिहान पढाइ हुने ६ वटा विषयमा जम्मा २४ जना विद्यार्थीहरु भर्ना भएका एक प्राध्यापकले बताए । विशेष आवश्यकता शिक्षामा ७ जना, शिक्षा योजना तथा व्यवस्थापन विषयमा ६ जना, आइसिटी शिक्षामा ६ जना, पाठ्यक्रम तथा मूल्यांकनमा ३ जना तथा इतिहास र भूगोल शिक्षामा १/१ जना विद्यार्थी मात्र भर्ना भएका छन् ।

    दिउँसो पढाइ हुने ६ वटा विषयहरुमा जम्मा ५४ जना भर्ना भएका छन् । नेपाली शिक्षामा २० जना, स्वास्थ्य शिक्षामा १५ जना, गणित शिक्षामा ८ जना, शारीरिक शिक्षामा ४ जना, अर्थशास्त्र शिक्षामा ५ र विज्ञान शिक्षामा २ जना भर्ना भएका छन् । विभागलाई निरन्तरता दिनका लागि मात्रै पनि अध्यापन गराइरहेको एक प्राध्यापक बताउँछन् ।

    तर, शिक्षाकै अंग्रेजी र राजनीतिशास्त्रमा भने विद्यार्थी संख्या पर्याप्त देखिएको छ । कुनै समय विद्यार्थी अभाव हुने राजनीतिशास्त्रमा भने यस वर्ष ४९ जना विद्यार्थी भर्ना भएका छन् । विद्यार्थीलाई आकर्षण गराउन धेरै मिहिनेत गरेका कारण विद्यार्थी बढिरहेका प्राध्यापकहरु बताउँछन् ।

    त्यस्तै अंग्रेजी शिक्षामा ७२ जना भर्ना भएका छन् । अंग्रेजी शिक्षा विभाग प्रमुख प्रा.डा. गोपालप्रसाद पाण्डे बजारमा अवसर भएकाले अंग्रेजी शिक्षामा आकर्षण देखिएको बताउँछन् ।

    ‘हाम्रो पाठ्यक्रम बजारमुखी छ र बजारमा अवसर पनि छ त्यसका लागि हामीले गुणस्तरीय शिक्षा दिन सकिरहेको भएर विद्यार्थी नपाउने समस्या छैन’, उनी भन्छन् ।

    भाषा विज्ञान र हिन्दीमा विद्यार्थी बढेनन्

    त्रिचन्द्रको माइक्रोबायोलोजीमा जम्मा ६ जना विद्यार्थी भर्ना भए पनि कक्षा सञ्चालन गर्ने भएको छ
    भाषाविज्ञान केन्द्रीय विभागमा यस वर्ष २ जना विद्यार्थी मात्र भर्ना भएका छन् । भर्ना आहृवान गर्दा ५ जनाले आवेदन दिएका थिए । ९ चैतसम्म भर्ना समय रहेकाले बाँकी रहेका पनि भर्ना हुन आउने अपेक्षा रहेको विभाग प्रमुख प्रा.डा. बलराम प्रसाईंले बताए ।

    मानविकी तथा सामाजिक शास्त्र संकायको चार वर्षे कार्यक्रम लागू भएकाले नियमित विद्यार्थी चौथो वर्षमा अध्ययनरत छन् । त्यसैले नयाँ विद्यार्थी नपाएको उनको भनाइ छ ।

    हिन्दी केन्द्रीय विभागमा यो वर्ष जम्मा ४ जना भर्ना भएका छन् । विद्यालय तहमा हिन्दी पढाइ नहुने र स्नातकोत्तर तहको हिन्दी विषयमा अनिवार्य अंग्रेजी पढ्नुपर्ने भएकाले विद्यार्थी भर्ना कम हुने गरेका विभाग प्रमुख डा. सञ्जिता बर्मा बताउँछिन् ।

    इतिहासमा बढे विद्यार्थी

    बौद्ध अध्ययन केन्द्रीय विभागमा भर्ना हुनेको संख्या दोब्बर बढेको केन्द्रीय विभाग प्रमुख चन्द्रकला घिमिरेले बताइन् । उनका अनुसार यो वर्ष भर्ना हुने विद्यार्थीको संख्या ३३ पुगेको छ । गत वर्ष जम्मा १६ जना भर्ना भएका थिए । विद्यार्थी तथा प्राध्यापकहरुको व्यक्तिगत प्रचार प्रसारका कारण विद्यार्थी बढेको विभाग प्रमुख घिमिरे बताउँछिन् ।

    त्यस्तै इतिहास केन्द्रीय विभागमा २७ जना भर्ना भएका छन् । विभाग प्रमुख प्रा.डा.विष्णु सापकोटा भन्छन्, ‘पछिल्लो समय विद्यार्थी राम्रो देखिएको छ । भर्ना भएकालाई गुणस्तर जनशक्तिको रुपमा उत्पादन गर्न सकियो भने पर्याप्त हो ।’

    आंशिक परीक्षाबाट उत्तीर्ण गरेका विद्यार्थीमध्येबाट यति भर्ना पाउनु सकारात्मक भएको उनको भनाइ छ ।

    संस्कृत केन्द्रीय विभागमा यो वर्ष जम्मा १० जना भर्ना भएका छन् । विगतका वर्षहरुको तुलनामा यो वर्षको स्नातकोत्तर तहको भर्ना सन्तोषजनक रहेको विभाग प्रमुख डा.माधव शर्माले बताए ।

    अंग्रेजी र नेपालीमा सामान्य

    अंग्रेजी केन्द्रीय विभागमा यस वर्ष ४१ जना विद्यार्थी भर्ना भएका छन् । भर्ना हुने समय अझै बाँकी रहेकाले केही थपिन सक्ने विभागले जनाएको छ ।

    यो वर्षदेखि जुनसुकै विषयबाट स्नातक गरेकाले पनि अंग्रेजी साहित्य पढ्न पाउने व्यवस्था गरिएको छ । त्यसले पनि विद्यार्थी संख्या बढेको अंग्रेजी केन्द्रीय विभाग प्रमुख प्रा.डा. जीवलाल सापकोटाले बताए ।

    नेपाली विषयमा यो वर्ष २० जना भर्ना भएका नेपाली केन्द्रीय विभागले जानकारी दिएको छ । नेपालीमा पनि यस वर्षदेखि जुनसुकै विषयबाट स्नातक गरेकोे विद्यार्थीले नेपाली विषय अध्ययन गर्न पाउने व्यवस्था गरेको छ ।

    त्रिचन्द्रको एउटा कार्यक्रममा शून्य

    त्रिचन्द्र क्याम्पसले इन्जिनियरिङ जुलोजीमा स्नातकोत्तरमा भर्ना शून्य भएपछि कार्यक्रम नै सञ्चालन गर्न सकेन ।

    माइक्रोबायोलोजीमा जम्मा ६ जना विद्यार्थी भर्ना भए पनि कक्षा सञ्चालन गर्ने भएको छ । सहायक क्याम्पस प्रमुख बालकृष्ण पौडेल भन्छन् ‘विद्यार्थी कम भए पनि क्याम्पस प्रमुख म्यामले विषय मार्नु हुँदैन पढाउनुपर्छ भन्नुभएको थियो तर व्यवस्थापन समितिले पढाउन मिल्दैन भन्ने निर्णय गरेको रहेछ ।’

    हाल क्याम्पस प्रमुख प्रा.डा. निलम श्रेष्ठ प्रधान विदेशमा छिन् । माइक्रो बायोलोजी कार्यक्रम संयोजक रोशनी महर्जनले भने व्यवस्थापन समितिको निर्णयबारे आधिकारिक जानकारी नआएको बताइन् ।

    स्नातक तहमा भने गत वर्षको तुलनामा केही विद्यार्थी बढेको क्याम्पसले जनाएको छ ।

    रत्नराज्यमा मानवशास्त्र पढाइ नहुने

    विद्यार्थीको धेरै चाप हुने भृकुटीमण्डपस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा मानवशास्त्र बाहेक सबैमा विद्यार्थीको चाप रहेको क्याम्पस प्रमुख डा. जीवनधर ज्ञवाली बताउँछन् । ‘स्नातकोत्तर तहको अरु विषयमा गत वर्षको तुलनामा बढेका छन् तर मानवशास्त्रमा भने कम भएकाले यो वर्ष कार्यक्रम नै सञ्चालन गरेनौं’, उनले भने ।

    मानवशास्त्रमा जम्मा १० जनाले आवेदन दिएका थिए । काठमाडौंको मध्यभागमा र धेरै आवतजावत हुने ठाउँमा क्याम्पस रहेकाले विद्यार्थीको कमी नभएको क्याम्पस प्रमुख ज्ञवाली बताउँछन् ।

    तर, स्नातक तहमा भने विद्यार्थी संख्या घट्दै गएको उनको भनाइ छ ।

    अस्कलमा पनि कार्यक्रम बन्द हुने अवस्था

    लैनचौरको अमृत साइन्स क्याम्पस (अस्कल)मा स्नातकोत्तर तहमा रसायन विज्ञान, वातावरण विज्ञान, भौतिक विज्ञान र वनस्पति विज्ञान कार्यक्रम सञ्चालनमा छ । सबै विषयमा छुट्याइएको सिट संख्याभन्दा कम विद्यार्थी भर्ना भएका सहायक क्याम्पस प्रमुख गोपाल न्यौपानेले बताए ।

    यी चारवटै कार्यक्रममा बिहान र दिउँसो पढाइ हुने गरेको छ । दिउँसो पढाइ हुने वनस्पति विज्ञानमा जम्मा ९ जना मात्रै भर्ना भएका छन् । यस्तै अवस्था अर्को वर्ष पनि दोहोरिए कार्यक्रम सञ्चालन नगर्ने विषयमा छलफल भएको न्यौपाने बताउँछन् ।

    वनस्पति विज्ञानमा बिहान र दिउँसोमा फरक-फरक विषय भएकाले एकै ठाउँमा पढाउन नमिल्ने सहायक क्याम्पस प्रमुख न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थी कम हुँदा पूर्णकालीन शिक्षकले अतिरिक्त कक्षाभार लिनुपर्ने अथवा अरु शिक्षक राख्दा आर्थिक भार पर्न जाने भएकाले के गर्ने भन्ने विषयमा सामान्य छलफल गरिरहेका छौं ।’

    सानोठिमीमा भर्ना भएनन् विद्यार्थी

    शिक्षा संकाय पढाइ हुने भक्तपुरको सानोठिमी क्याम्पसका प्रमुख जगतकृष्ण पोखरेलले भूगोल, अर्थशास्त्र, इतिहास, राजनीतिशास्त्रमा विद्यार्थी एक/दुई जनामात्र आएको बताए ।

    भर्ना हुने समय बाँकी रहे पनि विद्यार्थी नबढ्ने संकेत देखिएको उनी बताउँछन् । उनले भने, ‘भर्ना लिन्छौं तर १० जना भएन भने विषय परिवर्तन गर्नुपर्छ भनेपछि कतिपयले विषय परिवर्तन गरे भने कतिपय ताहचाल पढ्न गएका छन् ।’

    उनका अनुसार भूगोल विषयमा विद्यार्थी भर्ना हुन आएनन् र अर्थशास्त्रमा दुई जना आए पनि पूर्णकालीन शिक्षकले सबै कक्षा लिन सक्ने स्थिति नभएकाले दुई वटा विषयमा कक्षा सञ्चालन हुन सकेको छैन ।

    इतिहास विषयमा शिक्षकहरुले अतिरिक्त आर्थिकभार नपर्ने गरी कक्षा लिन्छु भनेकाले ५ जना विद्यार्थी भर्ना भएका छन् । जनसंख्या विषयमा पूर्णकालीन शिक्षकले पढाउन सक्ने भएकाले ८ जना विद्यार्थीका लागि पनि कक्षा सञ्चालन हुने भएको छ ।

    अन्य विषयहरुमा पनि विद्यार्थी कम भर्ना भइरहेको क्याम्पस प्रमुख पोखरेल बताउँछन् ।

    पद्मकन्या क्याम्पस र पाटन क्याम्पसमा ठीकै

    बागबजारको पद्मकन्या क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा पनि विद्यार्थी घटिरहेका छन् । तर भइरहेका कार्यक्रम रोक्नैपर्ने स्थिति नरहेको ती क्याम्पस प्रशासनहरुले जनाएका छन् । नयाँ विषय पढ्न पाउने विकल्प भएकाले विद्यार्थी बाँडिएका पद्मकन्या क्याम्पस प्रमुख प्रा.डा. जयलक्ष्मी प्रधान बताउँछिन् ।

    पाटन क्याम्पसको मानविकी, सामान्य विज्ञान र व्यवस्थापन तर्फका केही शैक्षिक कार्यक्रममा विद्यार्थी कम भएका छन् तर १० जना भन्दा पनि कम भएर कार्यक्रम नै सञ्चालन नहुने स्थिति नरहेको क्याम्पस प्रमुख प्रा.डा.लक्ष्मण सिंह कुँवर बताउँछन् .

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑