• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हिम्मत भए दरबार हत्याकाण्डमा पूर्वराजालाई जेलमा काेच्न राप्रपा अध्यक्ष लिङ्देनकाे चुनाैती

  • वीरगंज संजाल
  • ७ चैत्र २०८०, बुधबार ११:२६
  • ९८९

    वीरगन्ज | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजदरबार हत्याकाण्डकाे छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन ठूला दलहरुलाई चुनाैती दिएका छन्।बुधबार बिहान वीरगन्जमा आयाेजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहकाे लाेकप्रियताबाट अत्तालिएर ठूला दलहरुले दरबार हत्याकाण्डमा पूर्वराजालाई मुछ्ने गरेकाे बताए ।

    उनले भने,`जब जब राजाकाे लाेकप्रियता बढ्छ तब तब ठूला दलहरुले राजालाई धम्क्याउन दरबार हत्याकाण्डमा राजालाई मुछ्दै आएका छन्।´
    उनले थपे,`बारम्बार दरबार हत्याकाण्डसंग जाेडेर पूर्वराजालाई धम्क्याउने र बदनाम गर्न खाेज्नेहरुले हिम्मत छ भने छानबिन आयाेग गठन गरेर सत्यतथ्य सार्वजनिक गरुन्।´

    `यदि दरबार हत्याकाण्डमा पूर्वराजा दाेषी नै थिए भने दरबार हत्याकाण्डपछि शेरबहादुर देउवा,केपी ओली,प्रचण्ड,माधव नेपालहरु पटक पटक प्रधानमन्त्री भए।आँफु पटक पटक प्रधानमन्त्री भएका बेला ती नेताहरुले दरबार हत्याकाण्डकाे किन छानबिन गरेनन् ? किन राजालाई जेलमा हालेनन् ?, लिङ्देनकाे प्रश्न थियाे ।

    अध्यक्ष लिङ्देनले गणतन्त्र र संघीयताकाे खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रकाे पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताकाे बिचमा आएकाे बताए ।राप्रपाका यी मुद्दाकाे पक्षमा जनताकाे समर्थनपनि प्राप्त भइरहेकाे दाबी उनले गरे। अध्यक्ष लिङ्देनले नेपालमा गणतन्त्र र संघीयताकाे खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रकाे पुनर्स्थापना नेपाली जनताकै बलमा हुनुपर्ने राप्रपाकाे मान्यता रहेको बताए ।यसमा कुनैपनि विदेशी शक्तिकाे हस्तक्षेप राप्रपालाई स्विकार्य नहुने उनले बताए ।

    अध्यक्ष लिङ्देनले भने,`विदेशीकाे साथ र सहयाेगबाट आउने कुनैपनि परिवर्तन स्थायी हुदैन । जनताकाे लागिपनि हितकर हुदैन ।याे कूरा गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताले नै पुष्टि भइसकेको छ।´त्यसैकारण नेपालमा गणतन्त्र र संघीयताकाे खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रकाे पुनर्स्थापना नेपाली जनताकै चाहना र बलमा हुनुपर्छ भन्ने मान्यता राप्रपाकाे रहेकाे उनले दाेहाेर्याए। गणतन्त्र र संघीयताले नेपालीकाे पहिचान,धर्म,भाषा,संस्कृतिलाई खतरामा पारेकाले राप्रपाले गणतन्त्र र संघीयता खारेजीकाे माग गरेकाे उनले बताए । पत्रकार सम्मेलनमा राप्रपाका महामन्त्री धवलशम्सेर जबरा, नेता रविन्द्र मिश्र,सांसद ज्ञानेन्द्र शाही, विणा जयसवाल लगायतकाेपनि उपस्थिति थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑