वीरगञ्ज । वीरगञ्जको नेशनल एकेडेमीमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । नेपाल बैंक लिमिटेडको आदर्शनगर शाखा र माईस्थान शाखाको संयुक्त आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो । नेशनल एकेडेमीका संस्थापक अध्यक्ष केदार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा १२ मा अध्ययनरत १५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अभिमुखीकरणले विद्यार्थीहरुको लागि वित्तीय साक्षरतासँगै वित्तीय निर्णय गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्न सहयोगी सावित हने एकेडेमीको दाबी छ । बजेट, बचत, लगानी, ऋण व्यवस्थापन, वित्तीय उत्पादन लगायतका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो । यसबाहेक, वित्तीय साक्षरता कार्यक्रमहरूले वित्तीय उत्तरदायित्व र स्वतन्त्रताको भावना विकास गर्ने कलेजको विश्वास छ ।
कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक तथा नेशनल एकेडेमी क्याम्पसका संस्थापक इन्दु शेखर मिश्रा, नेपाल बैंक लिमिटेड मधेश प्रदेशका प्रमुख प्रदिप कुमार पाठक, आदर्शनगर शाखा निमित्त प्रमुख प्रतिक्षा सिंह, नेपाल बैंक लिमिटेड माईस्थान शाखाका प्रमुख अमित नारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेशनल एकेडेमी क्याम्पसका बलराम श्रेष्ठ, उज्ज्वल अर्याल, नेपाल बैंक लिमिटेडका कर्मचारी राकेश चौरसिया, नेशनल एकेडेमी क्याम्पसका अर्थशास्त्र विषयको प्राध्यापक महेन्द्र गुप्ता तथा नेपाल बैंक लिमिटेडका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।