वीरगञ्ज । बचत गर्ने बानीको विकास गर्नुपर्नेमा नेता शिव पटेलले जोड दिएका छन् । खर्च गर्ने प्रवृती बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य पटेलले बचत गर्ने बानी बसाल्न सबैलाई आग्रह गरेका छन् ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ३ नगरदाहास्थित साधना लघुबित्त वित्तिय संस्थाले ‘ग्लोबल मनी विक’ को अवसरमा आयोजना गरेको जनप्रतिनीधिलक्षित वित्तिय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऋणलाई सही ठाउँमा लगानी गर्न सुझाव दिए ।
ग्रामिण क्षेत्रका बासिन्दालाई बिना धितो समुह तथा गोलियाको अधारमा ऋण निकाल्न पाउने व्यवस्था गर्नुपर्ने र त्यसको लगानीको सुनिश्चितता गर्नेतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराए ।
महिला जनप्रतिनिधि सरस्वती देविको अध्यक्षतामा आयोजित साक्षरता कार्यक्रममा साधना लघुबित्त वित्तीय संस्थाका सिताराम पण्डीत, बिशाल कुमार यादव, स्थानिय बिजय कुमार, बिन्देबासिनि मन्दिरका पुजारी पुरुषोत्तम उपाध्याय लगयतले धारणा राखेका थिए ।